• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

विश्‍व घटना : समुद्री तुफानमा मारिए १३ सय बंगलादेशी

    Avatar photo
शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

काठमाडौं- आज २६ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००५- लेबनानबाट सिरियाली सैन्य कब्जा अन्त्य

सिरियाले सन् २००५ मा आजकै दिन २९ वर्षदेखि लेबनानमाथि गरिरहेको सैन्य कब्जा अन्त्य गरेको थियो। सोही वर्ष १४ फेब्रुअरीमा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरारीको हत्यापछि सिरियामाथि आफ्ना सैनिक फिर्ता लैजान अन्तर्राष्‍ट्रिय र घरेलु दबाब परेको थियो। ती दबाबसामु सिरियाले घुँडा टेकेको थियो।

– सन् १९८९- बंगलादेशमा तुफानमा परी १३ सयको गयो ज्यान

सन् १९८९ मा बंगलादेशमा आएको समुद्री तुफानमा परी १३ सय जनाको ज्यान गएको थियो। तुफानले बंगलादेशको मध्य क्षेत्रमा सबैभन्दा बढी क्षति गरेको थियो।

– सन् १९८६- चेर्नोबिलमा परमाणु दुर्घटना

युक्रेनको चेर्नोबिलस्थित परमाणु भट्टी आजकै दिन विष्‍फोट भएको थियो। त्यतिबेला युक्रेन तत्कालीन सोभियत संघको हिस्सा थियो। परमाणु ऊर्जा संयन्त्रको रियाक्टर ४ मा विष्‍फोट भएको थियो। र, त्यहाँबाट उठेको धुवाँले पूरै युरोपका प्रदूषण फैलिएको थियो। यो विश्‍व इतिहासको सबैभन्दा ठूलो परमाणु दुर्घटना मानिन्छ। तत्काल ३० जनाको मृत्यु भए पनि केही दशकसम्म यसको असर कायम रहने हुनाले युरोपमा हजारौंको मृत्युको कारण चेर्नोबिल दुर्घटना हुने अनुमान छ।

– सन् १८६५- लिंकनका हत्याराको पनि हत्या

तत्कालीन अमेरिकी राष्‍ट्रपति अब्राहम लिंकनको हत्या गरेका जोन वाइक्स बुथको पनि घटनाको १२ दिनपछि हत्या भएको थियो। तथापि, उनको हत्या कुनै सुरक्षाकर्मीले गरेका हुन् कि आफैंले आफैंमाथि गोली प्रहार गरेका थिए भन्‍ने कहिल्यै खुलेन। भर्जिनियास्थित खेतमा उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए।

– सन् २०२३- ‘पेले’ शब्द राखियो डिक्सनरीमा

ब्राजिलका सर्वकालिक महान फुटबल खेलाडी पेलेको सम्मानस्वरूप त्यहाँको शब्दकोशमा उनको नाम समावेश गरिएको थियो। ‘ब्राजिलियन पोर्चुगिस’ भाषाको शब्दकोशमा ‘पेले’ शब्दलाई ‘असाधारण, अतुलनीय र अद्वितीय’ अर्थ लाग्ने गरी समावेश गरिएको होे।

– सन् २०१९- अमेजन जंगलमा वेओरानी मानिसको जित

पास्ताजाका वेओरानी जातिका मानिसले सन् २०१९ मा आफ्नो ५ लाख एकड जमिनमाथिको मुद्दा जितेका थिए। अमेजनको वर्षा वनमा बस्ने ती जातिका मानिसले इक्वेडोर सरकारविरुद्ध पर्यावरण संरक्षणको मुद्दा दायर गरेका थिए। र, ऐतिहासिक रूपमा मुद्दा जितेका पनि थिए।

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ३.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

  • ६.
    खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

  • ७.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • ८.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.