चितवन । रोटरी क्लव अफ विंरगञ्जको आर्थिक सहयोगमा १८ जनाले कृतिम खुट्टा प्रदान गरिएको छ ।
Advertisement
१९ फाल्गुनमा ९ जनालाई कृतिम खुट्टा सहयोग गरेको क्लबले पुन २९ फाल्गुनमा ९ जनालाई कृतिम खुट्टा प्रदान गरेको थियो । अपाङ्ग जागरण अभियान चितवनको संमन्वयमा रोटरी क्लव अफ विंरगञ्जको आर्थिक सहयोगमा सिन्धुपाल्चोक, मकवानपुर, चितवन, सल्यान, हुम्लाका अपांग भएका मानिसहरुलाई कुत्रिम खुट्टा हालिएको हो ।
अपाङ्ग जागरण अभियान चितवनका संयोजक अम्बिकालाल श्रेष्ठका अनुसार आर्थिक अवस्था कम्जोर भएका अपाङ्ग व्यक्तिहरुलाई प्राथमिकतामा राखेर कृतिम खुट्टा हालिएको थियो ।