काठमाडौँ । रुसले युक्रेनमाथि हमला गरेसँगै अहिलेसम्म २५ लाखभन्दा बढी मानिस घरबारविहीन बनेका छन् । रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेसँगै झण्डै २५ लाख युक्रेनी नागरिकले घर छाडेर गएका हुन् ।
Advertisement
संयुक्त राष्ट्र संघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको संख्या २५ लाख पुगेको समाचारमा जनाइएको छ ।
जसमा सवा एक लाख तेस्रो देशका नागरिक रहेका छन् ।