• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

फारवेस्ट पशुपति कप : स्टार सिटी र आयोजक सेमिफाइनलमा


मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित

काठमाडौं- स्टार सिटी युवा क्लब र आयोजक फारवेस्ट पशुपति युवा क्लब एनआरएनए छैटौं फारवेस्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

Advertisement

फारवेस्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको पाँचौं दिन भएका दुई क्वाटरफाइनल खेलमा जित हात पार्दै स्टार सिटी र आयोजक फारवेस्ट सेमिफाइनलमा पुगेका हुन्।

धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा स्टार सिटी युवा क्लबले घोडाघोडी युवा क्लब सुक्खडलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ। स्टार सिटीका लागि क्षितिज भण्डारीले एक मात्रै निर्णायक गोल गरे। दोस्रो हाफको ७ मिनटमा पाएको पेनाल्टीलाई क्षितिजले गोलमा परिणत गरे। निर्णायक उनी खेलको म्यान अफ द म्याचसमेत बने। उनले नगद ५ हजारसहित ट्रफी पाएका छन्।

यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लब विजयी हुँदै सेमिफाइनल यात्रा तय गरेको छ। पहिलो खेलमा बाई पाएको फारवेस्ट पशुपतिले पुनर्वास युनाइटेडलाई सडन डेथमा ८-७ ले हराएको हो। निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। फारवेस्टको जितमा गोलरक्षक लोकेश चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पुनर्वास युनाइटेडका दुई खेलाडीको प्रहार बचाए। उनी नै खेलको म्यान अफ द म्याचसमेत बने। उनले नगद ५ हजारसहित ट्रफी पाएका छन्।

प्रतियोगिताअन्तर्गत बुधबार दुईवटा क्वाटरफाइनल खेल हुनेछन्। तेस्रो क्वाटरफाइनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लब र बीएस १५ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। चौथो क्वाटरफाइनलमा इलाइट युवा क्लब र नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश खेल्नेछन्। पहिलो खेल दिउँसो साढे १२ र दोस्रो साढे २ बजे धनगढी रंगशालामा हुनेछन्। १४ पुससम्म धनगढी रंगशालामा प्रतियोगिता हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद छ भने मुख्य प्रायोजक एनआरएनए छ।

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.