• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

शीतलहर र हिमपातको असर के पर्छ स्वास्थ्यमा?


मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित

काठमाडौं- अहिले मौसम चिसो छ। यो चिसिने क्रम जारी छ। र, केही महिना कायम रहन्छ।

Advertisement

दिनप्रतिदिन चिसो बढ्दै जाँदा तापक्रम घट्दो क्रममा छ। चिसोयाममा शीतलहर र हिमपात हुन्छ, जसले गर्दा बालबालिका, ज्येष्‍ठ नागरिक, गर्भवती, सुत्केरी र दीर्घरोगी बढी जोखिममा रहन्छन्। यो समयमा विशेषतः चिसोकै कारण स्वास्थ्यमा थप जटिलता निम्तिन सक्छ।

के हुन्छ असर ?

चिसोले रगत बाक्लो बनाउँछ। शरीर जाडोमा धेरै खुम्चने भएकाले रक्तनली साँघुरो बनाउने र रक्त प्रवाहमा समस्या ल्याउने गर्छ। चिसोका कारण रक्त प्रवाहमा हुने समस्याले मुटुको रोग बढी निम्त्याउँछ।

चिसोका बेलामा हाम्रो पेटको आमाशयले पनि त्यति राम्ररी काम गर्न सक्दैन। खाना अपच हुने, ग्यास्ट्रिकको समस्या देखिने, वान्ता हुने, पातलो दिसा लाग्‍ने, टाउको रिंग्याउने, नाकमा पातलो सिंगान बग्‍ने समस्या देखिन्छन्। अन्यभन्दा यो समयमा भाइरलजन्य रोगले आक्रमण गर्ने उत्तिकै सम्भावना रहन्छ।

चिसोले मस्तिष्‍कमा पनि असर परिरहेको हुन्छ। अरू बेला सामान्य रूपमा हुन सक्ने हृदयाघात यो बेलामा मस्तिष्‍कघातमा समेत परिणत हुन सक्ने समस्या देखिन्छन्। शरीर चिलाउने र छालासम्बन्धी समस्याहरू पनि देखिन सक्छन्।

जाडोसँगै इन्फ्लुएन्जा, निमोनियाजस्ता रोग पनि निकै देखा पर्छन्। साना बालबालिकामा निमोनिया देखापर्दा वयस्क र वृद्धवृद्धामा ब्रोङ्‍काइटिस र दम देखा पर्छ।

कसरी बच्‍ने ?

जाडोयाममा चिसोबाट बच्‍नु निकै महत्त्वपूर्ण हुन्छ। यस्तो मौसममा हामीले शरीरलाई न्यानो राख्‍न जरुरी हुन्छ।

शरीरलाई न्यानो बनाउने

एकैपटक बाक्लो-बाक्लो कपडा लगाउनुभन्दा तह तहमा कपडा लगाउँदा शरीर न्यानो हुन्छ। एकैपटक मोटो कपडा लगाउनुको सट्टा पातलो पातलो ताप दिने कपडा लगाउनुपर्छ।

हातखुट्टा तातो राख्‍ने

हातखुट्टा तातो बनाउनाले जाडोमा धेरै राहत हुन्छ। हातमा पञ्‍जा, खुट्टामा मोजा लगाउनाले पनि हातखुट्टा न्यानो बनाउन महत्त्वपूर्ण भूमिका हुन्छ। लामो समयसम्म एउटै मोजा लगाउँदा गन्हाउने हुँदा मोजा फेर्नुपर्छ।

आफू सुत्‍ने ओछ्यान न्यानो बनाउने

चिसोको समयमा आफू सुत्‍ने ओछ्यान न्यानो बनाउनुपर्छ। घरमा बाहिरबाट चिसो आउने झ्याल, ढोका बन्द राख्‍नुहोस्। तर, घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यानै जान सक्छ। त्यसैले विचार पुर्‍याउनुपर्छ।

घाम ताप्‍ने

अन्यभन्दा चिसोको समयमा घाम कम लाग्‍ने हुन्छ। घाम लागेको समयमा एकैछिन घाम ताप्दा शरीर न्यानो हुन्छ। घाम लागेको समयमा कोठाहरू खोल्नाले कोठा पनि तातो हुन्छन्।

सक्रिय रहने

चिसो समयमा शरीरलाई सक्रिय राख्‍नुपर्छ। एकै ठाउँमा मात्र बस्‍नु हुँदैन। एकैछिन हिँड्ने, हातखुट्टा चलाइरहने गर्नाले शरीरमा ऊर्जा कायम रहन्छ। र, शरीर न्यानो हुन्छ।

स्वस्थ र तातो खानेकुरा खाने

जाडो मौसममा सकेसम्म तातो-तातो खानेकुरा खाँदा शरीरलाई फाइदा हुन्छ। तातो भनेर धेरै तातो खाँदा पनि शरीरमा असर पुग्‍न सक्छ। चिसो समयमा स्वस्थकर खानाले शरीरमा ऊर्जा दिन्छ।

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.