• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लागू औषधको दलदलमा युवा !


बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

काठमाडौं- पछिल्ला केही वर्षदेखि कैलालीमा लागू औषधको कारोबार र पक्राउ पर्नेहरूको संख्यामा वृद्धि हुँदै गएको छ।

Advertisement

जिल्ला प्रहरी, कैलालीका अनुसार आर्थिक वर्ष ०७८-७९ देखि चालु आवको कात्तिक मसान्तसम्ममा लागू औषधका ६७१ मुद्दामा ८९९ जना पक्राउ परेका छन्।

सोही अवधिमा चरेस १ क्‍विन्टल ६ किलो ५१३ ग्राम, ब्राउन सुगर (खैरो हेरोइन) एक किलो ४०४ ग्राम ५८५ मिलिग्राम, नाइट्राभेट ट्याबलेट ४ हजार २०८ र स्पाम्सो ट्याबलेट १ हजार ५०९ थान फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी कुलदीप चन्दले बताए।

आव ०७८-७९ मा २०१ मुद्दामा ३२३ जनालाई पक्राउ गरी मुद्दा चलाएको डीएसपी चन्दले बताए। उनका अनुसार आव ०७९-८० मा संख्या बढेर ३४८ मुद्दामा ४०७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ।

यस्तै, चालु आवको कात्तिक मसान्तसम्ममा १२२ मुद्दामा १६९ जना पक्राउ परिसकेका छन्। आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्यामा वृद्धि हुन सक्ने डीएसपी चन्दले बताए।

खुला सीमा, बेरोजगारी, साथीभाइको लहलहैमा लागेर लागू औषधको सेवन गर्ने र केही पैसाका लागि कारोबार गर्नेहरूको संख्या कैलालीमा बर्सेनि बढिरहेको छ। विकराल रूपमा फैलँदै गएको लागू औषधको जालो विस्तारै तराई क्षेत्रबाट पहाडतिर समेत फैलिएको डीएसपी चन्दले जानकारी दिए। ‘प्रहरी मात्रैको सहभागिताले यसलाई नियन्त्रण गर्न मुस्किल पर्नेछ,’ उनले भने।

प्रहरीले बेलाबेला विद्यालय र कलेजहरूमा लागू औषध सचेतनासम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ। विभिन्‍न सामाजिक संस्थाहरूले समेत लागू औषध दुर्व्यसनका बारेमा अभियान नै चलाउनुपर्नेमा प्रहरीको जोड छ।

लागू औषधको सेवनले सामाजिक विकृतिसमेत फैलाउँदै गएकाले यसको नियन्त्रणका लागि सबैले एकजुट भएर लाग्‍नुपर्ने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए।

उनका अनुसार लागू औषध सेवनपश्‍चात् एकोहोरो हुने, काममा मन नलाग्‍ने र शरीरका विभिन्‍न अंगहरूले समेत विस्तारै काम गर्न छोड्दै जाने र मानिसको मृत्युसमेत हुन्छ।

यस्तै, लागू औषध सेवन गर्न नपाए चोरी डकैती गर्ने, घरायसी समानहरू बेचबिखन गर्ने, साथीभाइहरूसँग झैझगडा गर्ने र लागू औषधका लागि जे पनि गर्न पछि नपर्ने हुँदा कहिलेकाही मृत्युका घटनाहरू सुनिन आएको उनी बताउँछन्। भन्छन्, ‘लागू औषध नियन्त्रण अहिलेको अपरिहार्य भएको छ।’

बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.