काठमाडौं- पर्शुराम नगरपालिका–४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय करन देब ओझा समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।