• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

सानैमा बिहे, कलिलैमा आमा


बुधबार, साउन ३१, २०८० मा प्रकाशित

काठमाडौं- गत १० वैशाख काठमाडौं बस्‍ने झापा बिर्तामोडकी १७ वर्षीया मीना थापा मगर (नाम परिवर्तन) ले वीर अस्पतालमा पहिलो सन्तान छोरीलाई जन्म दिइन्। जन्मँदा उनकी छोरीको तौल २ किलो ३०० ग्राम थियो।

Advertisement

सामान्यतः ३ किलोको शिशुलाई स्वस्थ मानिने चिकित्सकहरू बताउँछन्। त्यसमा छोरा र छोरीको तौल केही फरक हुनसक्छ। छोराको तौल ३.३ र छोरीको तौल ३.२ किलो भए राम्रो मानिन्छ। यस तथ्यलाई आधार मान्‍ने हो भने मीनाले कुपोषित शिशुलाई जन्म दिइन्।

उनले कक्षा ९ मा पढ्दै गर्दा एक वर्षअघि आफूसँगै पढ्ने निमेश राई (नाम परिवर्तन) सँग प्रेम विवाह गरी काठमाडौं आएकी थिइन्। सानै उमेर र अन्तरजातीय विवाह गरेकाले निमेशको परिवारले स्वीकारेन। त्यसैले उनीहरू भागेर काठमाडौं आए। काठमाडौंमा सानोतिनो जागिर गरेरै गुजारा चलाउँदै थिए। सोही क्रममा मीना १७ वर्षमै आमा बनिन्।

०००

कैलालीकी १८ वर्षीया कविता थापाको बसाइ काठमाडौं बागबजारमा छ। उनले पनि ९ वैशाखमा वीर अस्पतालमै छोरालाई जन्म दिइन्। कविताको नर्मल डेलिभरी हुन नसकेपछि अप्रेसन गरिएको थियो। गत वर्ष वैशाखमा उच्च मावि सकाउनेबित्तिकै कैलालीका २४ वर्षीय रवि खड्कासँग कविताको मागी विवाह भएको थियो।

रवी  पेशाले इन्जिनियर हुन्। एक्लो अनि पढेलेखेको छोराको लागि छोरीको हात माग्‍न आएपछि कविताका आमाबुवा विवाहका लागि राजी भए। र, छोरीको कन्यादान गरिदिए। आफूलाई सानै उमेरमा विवाह गर्न रहर नभए पनि बुवाआमाको खुशीका लागि बाध्य भएको कविता बताउँछिन्। रविको जागिर काठमाडौंमै भएकाले कविता पनि विवाहपछि यतै आइन्।

किशोरावस्थामै आमा बन्‍ने महिलाका प्रतिनिधि पात्र हुन्, उनीहरू दुवै। खोजी गर्ने हो भने गाउँ, समाजमा उनीहरू जस्ता थुप्रै महिला भेटिन्छन्, जो कलिलै उमेरमा आमा बनेका छन्। २० वर्ष नपुगी उनीहरू विवाह बन्धनमा बाँधिन्छन् र कलिलैमा आमा बन्छन्।

२० वर्ष नै नपुगी विवाह गर्नुलाई कानूनले बालविवाह मान्छ। परिपक्व नभई विवाह गर्दा महिलामा जटिल शारीरिक समस्या देखिन्छ। सानै उमेरमा विवाहको जिम्मेवारीमा परेका पुरुषमा पनि मानसिक समस्या देखिने गर्छ। कानूनले नै अवैध मानेको बालविवाह रोक्न भने अझै यथेष्‍ट प्रयास भएको छैन।

दण्डनीय अपराध

मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद-११ मा विवाहसम्बन्धी कसुर उल्लेख छ। संहिताको दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ। र, सोही दफामा २० वर्षअघि विवाह भएमा स्वतः बदर हुने र विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

व्यवहारमा भने उक्त कानूनी व्यवस्था उल्लंघन हुँदै आएको छ। परिवारको दबाब तथा केटा-केटीको सहमतिमै पनि बालविवाह गर्ने प्रवृत्ति रोकिएको छैन। यसबारे स्थानीय सरकारहरू पनि चुपचाप देखिन्छन्। बालविवाह रोक्न परिणाम देखिने गरी कतैबाट पहल भएको पाइँदैन।

जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०२२ को तथ्यांकमा नेपालमा गएको पाँच वर्षमा १५ देखि १९ वर्ष समूहका किशोरीले बच्चा जन्माउने संख्या १४ प्रतिशत देखिएको छ।

भनिन्छ, व्यक्तिमा चेतना जागृत गर्ने काम शिक्षाले गर्छ। शिक्षाका कारण समुदाय शिक्षित हुने र अज्ञानता पनि विस्तारै हराउँदै जान्छ भन्‍ने मान्यता छ। तर, समयअनुसार शिक्षाको स्तर बढ्दै जाँदा पनि संख्यात्मक हिसाब बालविवाह जति कम हुनुपर्ने हो, त्यति भएको पाइँदैन।

जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणकै सन् २०१६ को तथ्यांकमा १५-१९ उमेर समूहका १७ प्रतिशत महिलाले बच्चा जन्माएका थिए। उक्त तथ्यांकमा ग्रामीण भेगमा २२ र शहरी क्षेत्रमा १३ प्रतिशत महिलाले पहिलो सन्तान १५ देखि १९ वर्षभित्र जन्माएको तथ्यांकमा उल्लेख छ। त्यो समयमा सबैभन्दा बढी मधेश प्रदेशमा २७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बनेका थिए।

२०१६ र २०२२ को तथ्यांकलाई तुलना गर्दा पाँच वर्षको अन्तरालमा १५ देखि १९ वर्ष उमेर समूहका महिला आमा बन्‍ने क्रम ३ प्रतिशतले मात्र घटेको देखिन्छ।

यस्तै, सन् २०१६ मा सबैभन्दा बढी मधेशमा २७ प्रतिशत किशोरीले बच्चा जन्माएका थिए। पाँच वर्षको अन्तरालमा किशोरावस्थामा आमा बन्‍नेहरूको संख्या २० प्रतिशतमा झरेको छ। सन् २०२२ को तथ्यांकअनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २० वर्षमुनिका २१ प्रतिशत महिला आमा बनेका छन्। दोस्रोमा मधेश प्रदेश आउँछ।

भेरी अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार महिलाले कम उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा विभिन्‍न किसिमका समस्या देखापर्छन्। २० वर्षमुनिका किशोरीहरूको पाठेघर, हड्डी, मांसपेशीहरूको विकास राम्रोसँग भइसकेको हुँदैन। त्यसैले स्वास्थ्यमा अनेक जटिलता देखापर्छन्।

डा. सुवेदी भन्छन्, ‘गर्भ बसिसकेपछि पाठेघरको आकार बढ्दै जान्छ। बच्चा घुम्‍नका लागि पाठेघर मजबुत हुनुपर्छ। अनि हड्डी र मांसपेशी राम्रोसँग विकसित भइसकेको हुनुपर्छ।’ त्यसकारण सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्‍ने उनको भनाइ छ।

डा. सुवेदीका अनुसार पहिलो सन्तान जन्माउन महिलाको उपयुक्त उमेर २२ देखि २८ वर्ष हो। २० वर्षमुनि र ३० वर्षमाथिको उमेरमा पहिलो सन्तान जन्माउँदा आमाले विभिन्‍न किसिमका शारीरिक समस्याको जोखिम मोल्नुपर्छ।

२० वर्षअघि बच्चा जन्माउँदा किशोरीहरूमा उच्चरक्तचापको समस्या बढेर मिर्गौलामा असर पर्छ। त्यसकारण गर्भावस्थामा मुर्छा पर्ने समस्या पनि देखिन सक्छ। ‘त्यसबाहेक कम उमेरमा बच्चा जन्माउँदा लामो समयसम्म व्यथा लाग्‍ने, समयअगावै व्यथा लाग्‍ने, पेटमै बच्चा खेर जाने, कम तौलको बच्चा जन्मने गर्छ,’ उनी भन्छन्, ‘यस्ता समस्या देखापरे अप्रेसनमार्फत बच्चालाई जन्म दिने गरिन्छ।’

मातृ मृत्युदरको प्रमुख कारण पनि कम उमेरमै आमा बन्‍नु रहेको डा. सुवेदी बताउँछन्। कम उमेरमा विवाहका कारण थुप्रै महिलाले अकालमा मृत्युवरण गरिरहेका छन्। र, बच्चा खेर जाने समस्या पनि उच्च छ।

भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थाहरूमा पहुँच नपुग्दा ग्रामीण भेगका गर्भवतीले सहज प्रसुती सेवा पाउन सकेका छैनन्। कतिपयले अकालमै ज्यान गुमाउनु परिरहेको छ। त्यसरी अकाल मृत्यु हुनेमा करिब ६५ प्रतिशत २० वर्षमुनिका छन्।

यी समस्याहरू पहिलो सन्तानलाई जन्म दिने महिलाको मात्र होइन। कलिलैमा आमा बनेकाहरूले थप सन्तान जन्माउने क्रम जारी रहन्छ। त्यसका कारण पाठेघर खस्‍ने समस्या शुरु हुन्छ। एक अध्ययनलाई आधार मान्‍ने हो भने हाल नेपालमा ६ लाखभन्दा महिलाले पाठेघर खस्‍ने समस्या खेपिरहेका छन् । त्यसको मुल कारण नै कलिलो उमेरमा आमा बन्‍नु र अर्को सन्तानको जन्मान्तर कम हुन हो। डा. सुवेदी भन्छन्, ‘जन्मान्तर एक-डेढ वर्षको राख्दा महिलाहरूमा ३०-३५ वर्षको अवधीमै पाठेघर खस्‍ने समस्या देखापर्ने थालेको छ।’

उनका अनुसार कम उमेरमा बिहे गरेर यौन सम्बन्ध राख्दा पाठेघर र योनीमा इन्फेक्सन हुने, पाठेघरको मुखको क्यान्सर हुनेलगायत जटिलता देखापर्छन्।

३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु पनि महिलाको स्वास्थ्यका लागि उपयुक्त नरहेको डा. सुवेदी बताउँछन्। उनका अनुसार ३० वर्षपछि महिलाको प्रजनन क्षमतामा विस्तारै ह्रास आउँछ। र, गर्भ नबस्‍ने सम्भावना पनि उच्च रहन्छ।

शिशुमा पनि जटिलता

कम उमेरमा आमा बन्दा जन्मेका शिशुको तौल कम हुन्छ। जन्मँदै कम तौलको बच्चाको शारीरिक र मानसिक विकासमा समस्या आउने र कुपोषणको शिकार हुने डा. सुवेदी बताउँछन्। भन्छन्, ‘कम उमेरका आमाले आफ्नै हेरचाह राम्रोसँग गर्न सक्दैनन्। त्यस्तो अवस्थामा  बच्चाको स्याहार गर्न, गर्मी र चिसोबाट जोगाउन, राम्रोसँग स्तनपान गराउन र सरसफाइमा ध्यान दिन नसक्दा शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर भई विभिन्‍न सरुवा रोगले संक्रमण गर्छन्।’

कम उमेरमा आमा बनेका महिलामा डिप्रेसनको समस्या पनि उच्च देखिएको उनको भनाइ छ।

सन् २०२२ को जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा सबैभन्दा बढी कर्णाली प्रदेशमा १५ देखि १९ वर्ष उमेरका २१ प्रतिशत महिलाले गएको पाँच वर्ष पहिलो सन्तान जन्माएको पाइएको छ। यसो हुनुमा अशिक्षा प्रमुख कारण रहेको डा. सुवेदी बताउँछन्। कानूनले २० वर्षभन्दा अघि बिहे गर्न पाइँदैन भने पनि व्यवहारमा लागू नभएकाले यो समस्या निम्तिएको उनको भनाइ छ।

‘परिवारको दबाब वा आफूखुशी विवाहमा हुँदा पनि श्रीमान र श्रीमतीबीच २० वर्षअघि बच्चा नजन्माउने समझदारी हुन सकेमा राम्रो हुनेछ,’ उनी भन्छन्, ‘हरेक स्थानीय तहले बालविवाह नियन्त्रणका लागि कानून त बनाएका छन्। तर, कार्यान्वयनमा चासो देखाएका छैनन्। यदि बालविवाह नियन्त्रणमा स्थानीय तहहरू लागिपर्ने हो भने १५ देखि १९ वर्षको उमेर समूहमा बच्चा जन्माउने आमाको संख्यामालाई केही वर्षको अन्तरालमा शून्यमा झार्न सकिने छ।’

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.