मेक्सिको सिटी- वैज्ञानिकहरूले मेक्सिकोको जंगलमा प्राचीन माया सभ्यताको अर्को प्रमाण फेला पारेका छन्।
स्याटेलाइटको इमेजरी तथा अन्य आधुनिक उपकरणको सहारामा वैज्ञानिकहरूले प्राचीन सभ्यता उजागर गरेका हुन्। आधुनिक प्रविधिमार्फत मेक्सिकोको जंगलमा माया सभ्यता रहेको समग्र प्रमाण बटुल्न वैज्ञानिक सफल भएका हुन्। विकट जंगलमा उक्त सभ्यताको प्रमाण बटुलिएको वैज्ञानिकहरूले बताएका छन्।
लोप भइसकेको उक्त प्राचीन मानव सभ्यताको अवशेष जमिनमुनि फेला पर्दै आएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रको युकाटन प्रायद्विपस्थित घना जंगलमा उक्त सभ्यताको पछिल्लो प्रमाण जम्मा पारिएको हो। करिब ६० किलोमिटर क्षेत्रमा माया सभ्यताको बस्ती रहेको प्रमाण जुटेको छ।
उक्त प्राचीन बस्तीमा ढुंगाका स्तम्भहरू देखिएका छन्। पिरामिड शैलीका भवन फेला परेका छन्। र, ती संरचना व्यवस्थित रहेको पाइएको छ। समयसँगै माया सभ्यता विनाश भएको थियो। त्यस क्रममा बसाइएका शहरहरूमा ढुंगाको स्तम्भको अर्थ भवनको माथिल्लो भागमा जाने प्रवेश द्वार निर्माण गर्ने गरिएको प्रमाण हो। मनोरञ्जन र धार्मिक प्रयोजनका लागि बल कोर्ट निर्माण गर्ने ट्रेन्ड माया सभ्यतामा रहेको देखिएको छ।
मेक्सिकोको जंगलमा माया सभ्यता पत्ता लगाउन पूरै क्षेत्रमा ओभरहेड लिडर स्क्यान गरिएको थियो। र, त्यतिबेलाका भवनहरू पत्ता लेजर बिमको प्रतिबिम्ब उपयोग गरिएको थियो। ती भवन घना जंगलमा छिपेका छन्।
माटोमुनि फेला पर्यो एक हजार वर्ष पुरानो ‘माया सभ्यता’
‘सबैभन्दा ठूलो आश्चर्य भनेको यो भूमि उच्चस्थानमा छ। र, व्यापक आर्द्र भूमिबाट घेरिएको छ,’ स्लोभेनियन एकेडेमी अफ साइन्सेज एन्ड आर्ट्सका पुरातत्वविद तथा टिम लिडर इभान स्प्राजक भन्छन्, ‘यसको स्मारक रहेको केन्द्र ५० हेक्टरमा फैलिएको छ। त्यसमा विभिन्न भवनहरू छन्। र, तिनमा पिरामिड संरचनाका भवन पनि छन्।’
उक्त उष्णकटिबन्धीय जंगल आकारमा विशाल छ। र, करिब ३ हजार वर्गकिलोमिटरको निर्जन जंगल छ। यो जंगलको बारेमा धेरै अध्ययन भएको छैन। त्यसैले त्यसभित्रका विभिन्न पाटो खोतल्न बाँकी छ। जंगल कति घना छ भन्ने प्रमाण पनि हो यो।
पुरातत्वविद स्प्राजकका अनुसार उक्त जंगलमा २५० देखि १००० इश्वीबीचमा प्राचीन शहर रहेको अनुमान छ। र, त्यो एक महत्त्वपूर्ण स्थानीय केन्द्र रहेको प्रमाण त्यहाँ देखिएका भवनहरूका अवशेष हुन्। माया सभ्यतालाई क्लासिकल युगको मुख्य सभ्यता मानिन्छ।
उक्त जंगलमा सेरामिक भाँडोका टुक्राहरू पनि फेला परेका छन्। त्यसको अर्थ अहिलेका सेरामिक भाँडाहरू प्राचीन कालमा पनि प्रयोगमा रहेको देखिएको छ। ती भाँडाहरूमाथि थप अनुसन्धानबाट उक्त शहर कहिलेको हो भन्ने जानकारी प्राप्त हुने वैज्ञानिकहरूको भनाइ छ।
सदियौंदेखि माया सभ्यताका मानिसलाई मेसो-अमेरिकन मानिन्छ। त्यो भनेको मध्य अमेरिका र अमेरिकाको सबैभन्दा दक्षिणी भाग हो। र, मेसो-अमेरिकन सभ्यता प्राचीन कालको एक प्रमुख सभ्यता मानिन्छ।
वास्तुकला, संस्कृति, क्यालेन्डर प्रणाली, गणित र अन्य विविध क्षेत्रमा मानवीय प्रगतिका लागि माया सभ्यता प्रसिद्ध छ। नवौं शताब्दी इश्वीको दौरान माया सभ्यतालाई एक ठूलो पतनको सामना गर्नुपर्यो।
गृहयुद्ध, खडेरी तथा अन्य पर्यावरणीय कारणहरूबाट यो सभ्यता विलुप्त भएको थियो। जब कि, १७औं शताब्दीमा स्पेनिस आक्रमणकारीहरूले पनि यो सभ्यताको विनाश गर्न सकेका थिएनन्। माया सभ्यता बसेका स्थलहरूमा अहिले भने घना जंगल विकसित भएको छ। र, विगतको खडेरीग्रस्त क्षेत्र हराभरा र पानीको स्रोत तयार भएका छन्।
साइन्स अलर्टबाट