• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

प्रधानमन्त्रीको भारत भ्रमणले सुदूरपश्‍चिममा किन हर्ष?


सोमबार, जेठ २२, २०८० मा प्रकाशित

महेन्द्रनगर- विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्‍चेश्‍वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो। यसपालि भने प्रधानमन्त्री पुष्‍पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्‍चनपुरको दोधारा चाँदनीमा डेढ दशकअघि प्रस्तावित सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ।

Advertisement

यस्तै, डडेल्धुराको शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने विषय पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा सम्झौता नै भएपछि यसबाट सुदूरपश्‍चिमका बासिन्दालाई आशातित बनाएको छ।

विकासका दृष्‍टिले सम्भावना बोकेर पनि पछि परेको सुदूरपश्‍चिम प्रदेशको कायापलट हुन सुक्खा बन्दरगाह सञ्‍चालन, कञ्‍चनपुरलाई नेपाल-भारत र चीनबीचको त्रिदेशीय नाकाका रूपमा विकास गर्न खोजिएको विषय पर्याप्त हुनेछन्। घोषणा भएका विकास निर्माणका योजना कार्यान्वयनले महत्त्व पाउने विषयमा यहाँ शंका भने कायमै छ। महाकाली सन्धिअनुसार महकाली नदीबाट भारतले सिँचाइका लागि उपलब्ध गराउनुपर्ने पानी सन्धिको अढाइ दशक बितिसक्दा पनि पाउन सकेको छैन।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा पानी ल्याउन कार्यालयले माथिल्लो निकायमार्फत पहल गरेपनि सफल हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियिर डिभिजनल इन्जिनियर शम्भु पण्डितले बताए। उनका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा यस विषय भारतीय पक्ष समक्ष पुगेपछि यहाँ एनएचपीसीको टोली आएर समन्वय गरेको थियो।

इन्जिनियर पण्डितले भने, ‘अहिले यस विषयमा अन्यौलता छ। आगामी असारमा पानी दिने विषयमा भारतीय पक्षसँग छलफल अघि बढाएर भारतीय पक्षले पनि सिँचाइको मूल नहर अवलोकन गरेको छ।’ गत असार तेस्रो साता एक दिनका लागि पानी छोडिए पनि नियमित पानी आउन नसकेको उनले बताए।

‘लामो समय आफ्नै लगानीमा निर्माणको प्रयास भएको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया केही समययता अघि बढेको थियो। त्यहीबीच भारतीय पक्षले नै बनाउने विषयले चर्चा पायो। प्रधानमन्त्री दाहालको भारत भ्रमणका सुक्खा बन्दरगाह सुदूरपश्‍चिमका लागि सबैभन्दा महत्वको विषय बनेको थियो,’ इन्जिनियर पण्डितले बताए।

प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह स्थलको निरीक्षण समेत गरेका थिए। उनको भ्रमणका क्रममा भारतले उक्त बन्दरगाह बनाइदिने विषयमा सम्झौता भएपछि स्थानीय बासिन्दा हर्षित छन्। मन्त्रिपरिषद्बाट सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ भने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारतमै बनिरहेको छ।

सुदूरपश्‍चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य अहिले पनि भारत हो। सदियौंदेखि यहाँबाट रोजगारीका लागि भारत जाने आउने क्रम चले पनि सात पहाडी जिल्लाका नागरिकले भारत जान कञ्‍चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका बढी प्रयोग गर्छन्। नेपालसँग कनेक्टिभिटी बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष र झुलाघाटमा पुल बनाउने घोषणा गरेपछि बैतडी, डडेल्धुरालगायत जिल्लाका नागरिक यातायातमा थप सहजता हुनेमा आशावादी देखिएका छन्।

नेपाल-भारत यातायात सुविधालाई सहज बनाउने उद्देश्यले गत असोजदेखि  दार्चुलाको महाकाली नगरपालिका-८ असिगडामा पुल निर्माण हुँदैछ। उक्त पुल निर्माणको तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्‍करसिंह धामीले उद्घाटन गरेका थिए।

प्रतिनिधिसभाको निर्वाचनको प्रचारका क्रममा जोगबुढा पुगेका तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी कार्यक्रममा शीर्षमा पुल निर्माण गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएका थिए।

डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीले शीर्षमा पुल समयमै बन्‍नेमा आशावादी रहेको बताए। ‘प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको चासो भएकाले शीर्षमा पुल बनेर स्थानीय लाभाविन्त हुनेमा ढुक्क छौं,’ उनले भने, ‘अहिले शीर्षबाट काठको डुंगामा जोखिम मोलेर स्थानीय बासिन्दा महाकाली तरिरहेका छन्।’

नगरप्रमुख जोशीले शीर्षमा पुल बने डडेल्धुरासँगै अन्य पहाडी जिल्लाका नागरिकलाई पनि भारत आउन जान दूरीका हिसाबले नजिक पर्ने बताए। ‘लामो समयदेखि शीर्षबाट टनकपुर किनमेल गर्न जाने गरेको इतिहास छ,’ उनले भने, ‘वारि परशुराम धाम र पारि भारतको पूर्णागिरी मन्दिर नजिक पर्ने भएकाले धार्मिक पर्यटनका हिसाबले पनि पुल बने दुवै पक्षलाई लाभ हुन्छ।’

नगरप्रमुख जोशीले सुदूरपश्‍चिममा पाँच जिल्ला भारतसँग जोडिएको उल्लेख गर्दै डडेल्धुरा भने पुल वा झोलुंगे पुलबाट नजोडिएको बताए। ‘दार्चुलामा पनि झोलुंगे पुल सञ्‍चालनमा थियो। अहिले त्यहाँ पक्की पुल बन्दैछ भने बैतडीमा पनि झोलुंगे पुल छ,’ उनले भने। उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने घोषणापछि बैतडीका बासिन्दा हर्षित छन्।

वर्षौं पुरानो जीर्ण बनेको झोलुंगे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बन्‍ने भएपछि खुशी भएका छन्। उनीहरूले उक्त योजना छिट्टै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्‍चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशको व्यापारिक सम्बन्ध पनि विस्तार हुने विश्‍वास लिइएको छ।

झुलाघाटमा पुल बनाउने विषयमा विगतमा दलहरूले चुनावी एजेन्डा बनाउनुका साथै यहाँको निजी क्षेत्र पनि दबाब दिँदै आएका थिए।

कञ्‍चनपुर उद्योग वाणिज्य संघका वरिष्‍ठ उपाध्यक्ष दिनेश मल्लले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुदूरपश्‍चिम क्षेत्रलाई महत्त्वमा राखिएको विषय सकरात्मक रहेको बताए। ‘भारतीय प्रधानमन्त्रीले घोषणा गरेको शीर्ष र झुलाघाट बन्यो भने यातायात सुविधासँगै आर्थिक रूपले पनि सबल हुने अवस्था सृजना हुनेछ,’ उनले भने।

मल्लका अनुसार भारतले बनाइदिने भनेको सुक्खा बन्दरगाह निर्माणपछि सुदूरको आर्थिक समृद्धिको ग्राफ निकै माथि आउने छ। उनले विगतमा पनि भारतसँग धेरै विषयमा सन्धि र सम्झौता भए पनि कार्यान्वयनको पाटो त्यत्ति सकारात्मक नरहेको उनले उल्लेख गरे। ‘दोधारा चादँनीलाई महाकालीसन्धि अनुसार दिनुपर्ने सिँचाइका लागि पानीलगायत विषयमा पनि भारतसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्नुपर्छ,’ संघका उपाध्यक्ष मल्लले भने। सरकारको सक्रियता र प्राथमिकतामा परे कञ्‍चनपुर त्रिदेशीय नाका बन्‍न धेरै समय नलाग्ने उनको भनाइ थियो। उनले भारतमा भएका सम्झौता र घोषणाअनुसार काम अघि बढाउन इमान्दारीपूर्वक सकारात्मक पहल हुनुपर्नेमा जोड दिए।

सुदूरपश्‍चिम विश्‍वविद्यालयका पूर्वडीन डा. टेकराज पन्तले प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता र मिलेका आश्‍वासन पूरा हुनेमा विश्‍वस्त रहेको बताए। ‘शीर्ष र झुलाघाटमा पुल नहुँदा निकै कष्‍ट बेहोर्नु परेको छ,’ उनले भने, ‘भारतको समेत समान स्वार्थ जोडिएकाले अवश्य पनि कार्यान्वयन हुनेमा आशावादी छु।’ विगतमा जस्तो आश्‍वासन दिने तर काम नगर्ने प्रवृत्ति दोहोर्‍याउन नहुनेमा उनले जोड दिए।

सोमबार, जेठ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य बढ्यो

  • २.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.