• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पुर्ख्यौली पेशालाई व्यवसाय बनाएका गणेशमान


सोमबार, जेठ २२, २०८० मा प्रकाशित

काठमाडौं- पोखराको नयाँ बजारमा भएको एक प्रदर्शनीमा गणेशमान राजचलले अष्‍टमण्डलको सःझ्याल राखेका थिए। उक्त अष्‍टमण्डल हेर्न श्रीमान-श्रीमती आइपुगे। उनीहरूले मूल्य सोधे। त्यतिबेला एउटा अष्‍टमण्डलको ७ सय रुपैयाँ पर्थ्यो। अहिले भने त्यसको दोब्बर। उनीहरूले जाबो यति सानो काठको पनि त्यति मूल्य पर्छ भनेर गाली गरे। त्यसपछि उनले ती काठभित्र कुँदिएका हस्तकला देखाए। उनीहरूले बुझे। ओहो ! हामीलाई त काष्‍ठकलाको त कला नै थाहा पो रहेनछ भने। अनि, खुशी हुँदै धन्यवाद दिएर दुइटा सःझ्‍याल पनि किने।

Advertisement

गणेशमान राजचल भक्तपुर उडक्राफ्टका सञ्‍चालक हुन्। पोखराको नयाँ बजार, धादिङ, महोत्तरी, नवलपरासीसम्म हस्तकलाका सामान लिएर पुग्दा काष्‍ठकलालाई सामान्य नै ठानेको अनुभवहरू छन्, उनका। कतिपय ठाउँमा काष्‍ठकलाबारे शून्य जानकारी भएको मानिस पनि उनले धेरै भेटेका छन्।

हस्तकलाभित्र पर्ने काष्‍ठकला उनको पुर्ख्यौली पेशा हो। ०४० सालभन्दा अगाडिदेखि नै उनी काष्‍ठकला सिक्न थालेका थिए। ०६२ सालदेखि भने व्यवसाय दर्ता नै गरे।

उनका बुवा पनि काष्‍ठकला नै गर्ने भएकाले बुवा, साथीभाइ र आफन्तबाट उनले पनि सिक्ने मौका पाए। बुवाको छेउमा बसेर उनले गरेजस्तै टुल, झ्यावल बोकेर टुकटुक गर्दागर्दै उनले पनि सिके।

उनले सिकेका बेला मेसिन प्रयोगमा आएको थिएन। हातैले तान्‍ने र प्लेन गर्ने हुन्थ्यो। बासिलो, रन्डा प्रयोग गरेर बुट्टेदार ढोका, सःझ्‍यालहरू बनाउँथे। खाकोसले साइज मिलाउँथे। एउटै सामान तयार पार्न धेरै समय लाग्थ्यो। अहिले पनि लाग्छ।

त्यतिबेला बनाइएका काष्‍ठकलाका सामानहरू घरका लागि, मठमन्दिर र पुरातत्त्व विभागले अर्डर गरेर लान्थे। गिफ्टका सामानहरू बनाउने चलन थिएन।

२०४५ सालमा राजचलले पाटन दरबारको कृष्‍ण मन्दिर अगाडि रहेको विष्‍णु मन्दिरमा काम गर्ने अवसर पाए। त्यसपछि पाटन र नुवाकोट दरबारसम्म पुगेर उनले काम गरे।

काष्‍ठकला कलामा मात्र सीमित छैन। यसमा धार्मिक, आध्यात्मिक र पर्यटन पनि गाँसिएका छन्। नेपाल आउने पर्यटकहरू हिमाल मात्रै होइन, ५५ झ्‍याले दरबार, पाँचतले मन्दिर, पाटन मन्दिरजस्ता काष्‍ठकलाले भरिपूर्ण सम्पदाहरू पनि अवलोकन गर्न पुग्छन्। उनीहरूले काष्‍ठकलाका सामग्री महँगो मूल्य तिरेर आ-आफ्नो मुलुकमा पुर्‍याउँछन्। र, त्यसबाट राज्यले पनि आम्दानी प्राप्त गर्छ।

अहिले मायाको चिनोको प्रचलन बढी छ। ‘कुसैले घरको गेट, ढोका, सःझ्‍याल काष्‍ठकलाको बनायो भने यसले घरको स्वरुप नै परिवर्तन गर्छ,’ राजचल बताउँछन्। बौद्ध धर्मावलम्बीले अष्‍टमण्डलको माग गर्छन्, जसलाई गुडलक मानिन्छ। हिन्दू धर्म मान्‍नेहरूले शेष नाग, गणेशको मूर्ति, चन्द्र, सूर्यजस्ता घरमा प्रयोग गर्न माग गर्ने गरेको उनी बताउँछन्। ज्योतिषअनुसार उनीहरूको फरक-फरक माग आउने गरेको छ।

कोरोनापछि उकालो लाग्दै व्यापार

कोरोनाले काष्‍ठकला व्यवसायलाई पनि त्यति नै थला पार्‍यो, जति अरू व्यवसायलाई पारेको थियो। उनले ०६२ सालमा भक्तपुर उडक्राफ्ट दर्ता गरेर ५ लाख लगानीबाट यो व्यवसाय शुरु गरेका थिए। कोरोनाको समयमा पसल नै चल्न सकेन। चाबी नै लाएर बसे उनी। सामान बिक्री नहुँदा ऋण तिर्न पनि गाह्रो भयो। झन व्यवसाय खस्किँदै गयो। व्यापार नभएपछि सटर भाडा तिर्न पनि गाह्रो भयो। त्यसैले उनले अहिले घरमै सामान बनाउने र बिक्री गर्दै आएका छन्।

अहिले भने विस्तारै अर्डर बढ्दै गएको र व्यापार उकालो लागेको छ उनको। राम्रो अर्डर आयो भने मासिक एक लाखभन्दा बढी व्यापार हुने गरेको उनी बताउँछन्। एउटै ढोकाको ४ लाखसम्म पनि पर्ने भएकाले त्यस्ता अर्डर आएमा वार्षिक ६० लाखसम्मको कारोबार हुने गरेको उनले बताए। अहिले उनले ४-५ जनालाई रोजगारी दिएका छन्।

काष्‍ठकलामा महिलाको चासो बढ्दै

राजचलका अनुसार अहिले काष्‍ठकलामा महिलाको चासो बढेको छ। तालिम लिन आउनेहरू अधिकांश महिला हुने गरेको उनी बताउँछन्। त्यसबाट व्यवसाय टिकाउन मद्दत गर्ने उनी बताउँछन्। महिलाहरू हत्तपत्त विदेश नजाने र ज्याबल, मुंग्रो, काठ एकै ठाउँमा भएपछि उनीहरू एकै ठाउँमा बसेर काम गर्न सक्ने भएकाले यो काष्‍ठकला क्षेत्रमा खुशीको विषय रहेको उनी बताउँछन्।

विदेशमा नेपाली काष्‍ठकला

उनी युरोप, सिंगापुर, मलेसिया, चीन, बंगलादेश र भारतजस्ता मुलुकमा नेपाली काष्‍ठकला लिएर प्रदर्शनीहरूमा पुगेका छन्। नेपाली कला भनेर धेरैले मन पराउने गरेको उनी बताउँछन्। मुम्बईमा भएको एउटा एक्सपोमा उनले काठबाट बनाएको टाई लगाएका थिए। त्यही एक्सपोमा आएका एक व्यवसायीले निकै मन परेर अर्डर गरेको उनी बताउँछन्। कोरोना अगाडि फ्रान्स, जर्मनीलगायत युरोपका अरू देशमा पनि निर्यात गर्दै आएकोमा कोरोनापछि भने विदेशमा पठाउन नसकिएको उनको भनाइ छ।

अभाव कच्चा पदार्थको

उनका अनुसार काष्‍ठकलाको अहिलेको चुनौती भनेको कच्चा पदार्थ अर्थात् काठको अभाव हो। कोठाभित्रका सामान, झ्याल र गिफ्टका सामग्री बनाउन करमको काठ प्रयोग गरिन्छ। घरका गेटहरू बनाउन सालको काठ प्रयोग हुन्छ। सिसौबाट टेबलहरू बनाइन्छ।

यी काठ तराईलगायत पश्चिमका विभिन्‍न जिल्लाबाट ल्याइन्छ। अहिले काठहरू पाउन मुस्किल रहेको राजचल बताउँछन्। सरकारले काष्‍ठकला प्रबर्द्धनका लागि भनेर बजेट विनियोजन गरेका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्ने उनी बताउँछन्।

अब समयसँगै काष्‍ठकलाको डिजाइनमा पनि नयाँपन आउन थालेको छ। पुरानो पेटीमा रहेको चित्रहरूसँगै फ्रेमलगायतमा नयाँ परिर्वतन गर्न थालेका छन्। यसले नयाँ तथा पुरानो दुवै पुस्तालाई काष्‍ठकलातर्फ तान्‍ने उनको विश्‍वास छ। बाबुको सीपलाई निरन्तरता दिन स्‍नातकोत्तर उत्तीर्ण गरेर उनका छोरा पनि काष्‍ठकलामै लागेका छन्।

सोमबार, जेठ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.