• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

रजनी, जसले बनाउँछिन् युवालाई उद्यमी


आइतबार, जेठ २१, २०८० मा प्रकाशित

काठमाडौं- भृकुटीमण्डपमा सञ्‍चालन भएको नेपाल चेम्बर एक्सपोमा रजनी राई आफ्ना सामानको व्यापारसँगै ढकिया पनि बुनिरहेकी थिइन्। हँसिली रजनी सामान किन्‍न आउने ग्राहकसँग मुस्कुराउँदै मोलमोलाइ गरिरहेकी थिइन्। धनकुटामा जन्मे-हुर्केकी उनले हस्तकलाको सीप पुर्खाको सम्पत्तिकै रूपमा पाएकी हुन्।

Advertisement

आठ वर्षको छँदा नै हजुरबुवा र हजुरआमाले नाङ्लो, डालो बुनेको देखेकी रजनी नजिकै गएर खुब ध्यान दिएर हेर्थिन्। र, उनीहरूले गरेजस्तै नक्कल उतार्थिन्। अनि, सोध्‍ने गर्थिन्, ‘मैले बुनेको भयो कि भएन ?’ जवाफ आउँथ्यो, ‘ठीकै छ अझै राम्रो बनाउँदै जानुपर्छ।’

हजुरबुवा, हजुरआमा, आमाबुवाबाट उनले थप प्रेरणा पाइन् र आफ्नो सीपलाई निखार्दै लगिन्। धनकुटामै तीन महिना तालिम लिएपछि उनले सामान बेच्‍न थालिन्। ०४३ सालेदखि हस्तकला व्यवसायमा लागेकी रजनीले ०७२ सालदेखि भने व्यवसाय दर्ता गरेर तालिम पनि दिन थालिन्।

धनुकटामा उनले आफ्ना हजुरबुवाहरूले बुन्दै आएका बाँसका सामान बनाउन मात्र सिकेकी थिइन्। काठमाडौं आएपछि उनले थप सीप सिक्ने मौका पाइन्। ढकिया, टेडी बियर, सिलाइकटाइको तालिम उनले काठमाडौं आएर लिइन्।

रजनीको हातमा अहिले एउटा मात्रै होइन, धेरै सीप छन्। उनी सीपकी खानी नै हुन्। ढाका बुन्‍न, सिलाइकटाइ, पञ्‍जा मोजा, टेडी बियरलगायत अन्य थुप्रै गिफ्ट आइटमका सामग्री बनाउन आउँछ, उनलाई।

कक्षा १० सम्म पढेकी उनी ०४३ सालमा काठमाडौं आएकी हुनन्। यहाँ उनले गाउँमा सिकेको आफ्नो सीप देखाउन पाइनन्। शुरुमा उनले मिठाइ र रोटी पसलबाट व्यवसाय थालिन्।

यो व्यवसाय उनको एक्लै सीप, मिहिनेत र लगानीमा शुरु भएको थियो। काठमाडौंमै हुर्केका छोराछोरीले उनको सीपमा खासै चासो देखाएनन्। उनी भन्छिन्, ‘सबैको आफ्नै चाहना हुने रहेछ। मैले सानैदेखि यही सीप सिकें, यही राम्रो लाग्छ। अहिले शहरमा हुर्केका छोराछोरीले चासो दिँदैनन्।’

ढाका कपडा, बाँसका सामग्री, टेडी बियर हातले नै बनाउँछिन्। उनले एकै ठाउँबाट व्यवसायमा शुरु पनि गरेकी थिइन्। तर, धेरै सामान एकै ठाउँबाट बिक्री गर्दा व्यवसाय त्यति राम्रो भएन। अहिले उनले बाँसबाट बनेका र अलैंची, बाबियो, कुस, काँसबाट बनेका सामान बिक्री गर्दै आएकी छन् । आफूले सिकेका अरू सीपको उनी तालिम मात्रै दिन्छिन्।

बाँसको घर, मन्दिर, चुरी र पेन स्टेन्ट, ढाकी, बास्केट, चिया छान्‍ने, नाङ्लोलगायत धेरै हातबाट बुनेका सामानहरू उनले बिक्री गर्छिन्। ती सामग्री उनी बाँसको चोया, बाबियो, काँस, कुस र अलैंचीका पातबाट बनाउँछिन्। ती सामग्री बनाउन आवश्यक कच्चा पदार्थ धनकुटा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट ल्याउँछिन्।

कोरोना महामारीअघि धेरैले हस्तकलाका सामानमा चासो देखाए पनि त्यसपछि कमी आएको उनी बताउँछिन्। स्वदेश र विदेश दुवैको रोजाइमा पर्ने हस्तकलाका सामानको व्यापार कम भयो। अहिले विस्तारै शुरु हुन थालेको उनी बताउँछिन्। तर, सबै सामानको भाउ महँगिएको छ।

उनको व्यवसायले अहिले वार्षिक ३५ लाखसम्मको कारोबार गर्दै आएको छ। १२ वैशाख ०७२ को महाभूकम्पअघि उनले २० जनालाई रोजगारी दिएकीथिइन्। अहिले भने ५ जनाले मात्र रोजगारी पाएका छन्। उनले बुनेका सामान काठमाडौंमा मात्र होइन, दार्जिलिङ, पोखरा, झापा, बुटवललगायत अन्य ठाउँमा पनि मागअनुसार पुगिरहेका छन्। उनको पसलमा १ सयदेखि २ हजार रुपैयाँ पर्ने सामान छन्।

रजनीलाई सबैले स्वदेशी उत्पादन, सस्कृतिको संरक्षण र प्रबर्द्धन गरेको मन पर्छ। चीन र भारतमा बनेका सामान खरिद गरेर ती देशमा पैसा पुग्‍नेभन्दा स्वदेशी उत्पादन प्रयोग गरी पैसा स्वदेशमै रहने वातावरण बनाउनुपर्ने उनको सोच छ। भन्छिन्, ‘हाम्रो देशको पैसा त स्वदेशमै घुम्नुपर्ने हो नि। तर, त्यस्तो छैन।’

उपभोक्ताले प्लास्टिकका सामान किन्दा १२ सय रुपैयाँ तिर्न गाह्रो मान्दैनन्। तर, स्वदेशी सामान प्रयोग गर्न महँगो भयो भन्छन्।

विगतमा रजनीले दैनिक दुई सय वटासम्म डोको तयार पार्थिन्। अहिले हात चल्दैन, २५ वटासम्म तयार पार्न पनि मुस्किल पर्छ उनलाई। पहिलोपटक उनले मान्द्रो बुनेकी थिइन्। घरका अरूले घरायसी प्रयोजनका लागि बनाउँदा उनको ध्यान भने स-साना गिफ्टका सामान बनाउन गयो। उनी आफैं बाँस काढेर चोया बनाई विभिन्‍न सामग्री बुन्थिन्। ठूला सामग्री बनाउँदा धेरै समय लाग्‍ने भएकाले उनी स-साना गिफ्ट आइटम बनाउँथिन्। ती सामान सबैले मन पराउँथे पनि।

उनी आफूले बनाएका ती सामान बिक्री गर्न धनकुटामा लाग्‍ने बिहीबारे हाटमा पुग्थिन्। त्यो समयमा एउटा सामानको ४ देखि ५ रुपैयाँसम्म मूल्य पाइन्थ्यो। त्यो पैसाले नुन, तेल, मट्टितेल किनेर फेरि रातभरि त्यस्तै सामान बुन्‍न व्यस्त हुन्थिन्। उनी भन्छिन्, ‘धनकुटा हुँदा कहिल्यै हजारसम्मको व्यापार गर्न सकिनँ। अहिले नाफा-घाटा आफ्नो ठाउँमा छ तर लाखौंको कारोबार गर्दै आएकी छु।’

आज उनले आफूलाई नेपालमा मात्र सीमित राखेकी छैनन्। चीन, भारत, हङकङ, बैंकक, बंगलादेशलगायतका मुलुकमा यही सीप बोकेर उनी पुगिसकेकी छन्। ५० भन्दा बढी जिल्ला पुगेर २ हजारभन्दा बढीलाई उद्यमी बनाउन सघाइरहेकी छन्।

गाउँतिर हिजोआज हातले बुनेका सामान पाउन र बुन्‍न चाहनेहरू भेट्न मुस्किल छ। तर, शहरका भन्दा गाउँतिरकाहरू सीप सिक्न अझै चासो दिने गरेको उनी बताउँछिन्। उनले तालिम दिन पुगेका गाउँहरूमा पनि युवाको जमात बढ्दो छ। तर, एउटा सामान बनाउन लगाएको समय र लगानीअनुसार आम्दानी नहुँदा यो व्यवसायमा लाग्‍नेहरू विस्तारै हराउँदै गएको उनी बताउँछिन्।

अबको भावी योजना छ- आफ्नो व्यवसायसँगै अरूलाई तालिम दिएर उद्यमी बनाउने। आज उनी जुन अवस्थामा आइपुगेकी छन्, त्यसको श्रेय उनकी आमालाई दिन्छिन्। उनकी आमाले भनेकी थिइन्, ‘पढ्ने, घाँस दाउरा मात्र होइन, सीप सिक। भविष्‍यमा त्यही गरेर खानुपर्छ।’ अहिले आफूले सफलता पाउँदै गर्दा उनी आमाको त्यही भनाइ सम्झिन्छिन्।

आइतबार, जेठ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.