• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

प्रचण्डको भारत भ्रमण- यी ४ मुद्दामा भारत सधैं मौन


    Avatar photo
आइतबार, जेठ १४, २०८० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७-२० जेठमा भारत भ्रमण गर्दै छन्। तेस्रोपटक प्रधानमन्त्री बनेयता दाहालले पहिलोपटक भारतबाट विदेश यात्रा शुरु गर्दै छन्।

Advertisement

यसपटकको प्रधानमन्त्रीको भ्रमण पनि विगतजस्तै कर्मकाण्डी बन्नेमा द्विविधा देखिँदैन। किनकि, नेपाल–भारत सम्बन्धमा पेचिलो बनेका चारवटा मुद्दाबारे यसपटक पनि चर्चा हुने छैन। यी मुद्दामा भारतले सधैं नजरअन्दाज गर्दै आएको छ।

(१) सीमा समस्या

दुई मुलुकबीच करिब ६०६ वर्ग किलोमिटर सीमा क्षेत्रमा विवाद छ। कालापानी, लिपुलेक, लिम्पियाधुरामा ३७२ वर्ग किलोमिटर, गण्डक क्षेत्रमा अवस्थित सुस्ताको १४५ वर्ग किलोमिटर र बाँकी ६९ ठाउँको लगभग ८९ वर्ग किलोमिटर नेपालको भूभाग अतिक्रमण भएको विज्ञहरू बताउँछन्। यो विवाद सुल्झाउन भारतले चासो दिएको छैन।

(२) कालापानी, चेकपोस्ट र नक्सा विवाद

सन् १८१६ मा भएको नेपाल र तात्कालिक इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको छ। तर महाकाली नदीको उदगमथलोलाई लिएर नेपाल र भारतबीच जारी विवादका कारण दुवै देशले कालापानीमाथि दाबी गर्दै आएका छन्।

उक्त सन्धिपछि बनाइएका नक्साहरूले कालापानीलाई नेपाली भूभागका रूपमा देखाएको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्। त्यसबाहेक भारत ब्रिटिस उपनिवेशबाट मुक्त भएको धेरै वर्षसम्म पनि त्यहाँका स्थानीयवासीले नेपाललाई तिरो बुझाएका जस्ता प्रमाणहरू छन्।

सन् १९५१ मा तिब्बतमाथि चिनियाँ जनमुक्ति सेनाले नियन्त्रण गरेपछि त्यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई ध्यान दिँदै नेपालको उत्तरी सीमामा भारतीय चेकपोस्टहरू राखिएका थिए। ती चेकपोस्टहरू क्रमशः हटे। तर, कालापानीबाट भारतीय सेना दिल्ली फर्किएन। यो विवाद सुल्झाउन पनि भारतले बेवास्ता गर्दै आएको छ।

(३) ईपीजी प्रतिवेदन

सन् २०११ मा तत्कालिक प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय समकक्षी मनमोहन सिंहको कार्यकालमा भएको निर्णयअनुसार सन् २०१६ मा गठित दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित एमिनन्ट पर्सन्स ग्रुप (ईपीजी) अर्थात् प्रबुद्ध समूहको प्रतिवेदन ग्रहण गर्न भारत उदासीन देखिँदै आएको छ।

उक्त संयन्त्रहरूलाई दुई देशको सम्बन्धका सबै विषयहरू अध्ययन गरी सुझाव दिन भनिएको थियो। नेपालका तर्फबाट द्विपक्षीय सम्बन्धमा ‘असमान भनेर व्याख्या गर्दै आएका’ नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहितका विषयमा ईपीजीले सुझाव दिएको थियो।

नेपाल र भारत दुवैका चार-चारजना विज्ञ सम्मिलित उक्त समूहले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन तयार पारेको थियो। तर, अझै उक्त प्रतिवेदन भारतीय पक्षले बुझेको छैन। सोही कारण दुवै मुलुकका प्रबुद्ध समूह नै बिलखबन्दमा परेका छन्।

(४) थप हवाई विन्दु

नेपालले भारतलाई आफ्नो भूपरिवेष्ठित छिमेकीलाई थप हवाई मार्ग उपलब्ध गराउन अनुरोध गर्दै वार्ताहरू गर्न थालेको डेढ दशकभन्दा बढी भयो। नेपालले भारतसँग जनकपुर, भैरहवा र नेपालगञ्जबाट थप तीन हवाई प्रवेशविन्दु उपलब्ध गराउन अनुरोध गर्दै आएको छ। तर, भारतले यो अनुरोध सुनेको नसुन्यै गर्दै आएको छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानलाई बाहिरिन भारतले भैरहवा र महेन्द्रनगरका दुई हवाई रुट दिएको छ। तर, भित्रिने विन्दु थप्न बेवास्ता गर्दै आएको छ।

बीबीसी नेपालीबाट

आइतबार, जेठ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.