• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कोरोनाको नयाँ भेरियन्ट कति घातक ?


बिहिबार, चैत २३, २०७९ मा प्रकाशित

काठमाडौं- ज्वरो, रुघाखोकी, जिउ आलश्य तथा भारी हुनु, खोकी लाग्‍नुजस्ता समस्या हिजोआज धेरैमा देखिएको छ। धेरैजसो परिवारका सदस्य, कार्यस्थल, अस्पतालमा यस्ता समस्याले ग्रसित भएकाहरू भेटिन्छन्। एकातिर गर्मी मौसम शुरु हुनै लाग्दा पानी परेर चिसो बढेको छ र मौसमी फ्लुको समस्या छ भने अर्कोतिर कोरोनाको नयाँ भेरियन्ट पनि देखा परेको छ।

Advertisement

यी दुवै सँगसँगै देखिएका छन्। यसकारण मौसमी फ्लुले हो कि कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्य समस्या देखिएको हो भन्‍ने यकिन नहुँदा यी कुरालाई सामान्य रूपमा लिइएको पाइन्छ। यस्तो हेलचेक्र्याइँले गर्दा जोखिम झन बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन एवम् खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार सामान्यतया यी दुवै संक्रमणको लक्षण मिल्दोजुल्दो हुने भएकाले परीक्षण गरेर मात्रै थाहा पाउन सकिन्छ। ‘ल्याबबाट मात्रै छुट्याउन सकिन्छ,’ उनले भने, ‘लक्षण देखा परेकाहरूमा अहिले कोरोना र मौसमी फ्लु दुवैको परीक्षण गर्दा धेरैमा फ्लु नै देखिए पनि कोरोना संक्रमित पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छन्।’

नेपालमा अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘एक्सबीबी.१.६’ हो। यसको संक्रमण दर बढी हुन्छ। भारतमा संक्रमित भएकाहरूमध्ये ९९ प्रतिशतमा यो भेरियन्ट देखा परेको गौतमले बताए। नेपालमा पनि देखा परिसकेको यो भेरियन्टले दिनप्रतिदिन संक्रमित थपिँदै छन्।

खासगरी, रोगसँग लड्ने क्षमता कम भएका ज्येष्‍ठ नागरिक, औषधि खाइरहेका दीर्घरोगी, गर्भवती, स्वास्थ्यकर्मी र बालबालिका गरी पाँच समूहका व्यक्तिहरू यो भेरियन्टबाट बढी जोखिममा छन्। त्यसैले मन्त्रालयले यस्ता जोखिममा रहेकाहरूले खोप र बुस्टर डोज लगाउन अभियान सञ्‍चालन गरिरहेको डा. गौतमले बताए। यी समूहले अनिवार्य खोप लगाउनुपर्नेमा पहिलो नम्बरमा राखिएको छ। यसअघिको कोरोना संक्रमितमा देखिएका गन्ध नआउने, स्वाद थाहा नपाउने, आलस्य हुने यस्तै लक्षण अहिलेको नयाँ भेरियन्टमा पनि देखा परेको छ।

सरकारले यसअघिजस्तो ‘राष्‍ट्रव्यापी खोप अभियान’ नचलाएको उनको भनाइ छ। अहिले जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरूसँग समन्वय गरेर सम्बन्धित जिल्लामा खोप कार्यक्रम शुरु भएको छ। ‘लक्षित समूह र प्रभावित ठाउँ हेरेर पालिका आफैंले खोप दिन्छ। उनीहरूको मागअनुसारको खोप नभए पनि प्रभावित क्षेत्र र उमेर समूहलाई दिने प्रयास गरेका छौं,’ उनले भने।

नयाँ भेरियन्टको बढी जोखिम क्षेत्र

नेपालमा शुरुमा यो नयाँ भेरियन्ट देखिएको होइन। दक्षिणी छिमेकी भारतमा लामो समय बसोवास गरेर फर्केका नेपाली र भारतबाट नेपाल आउने आगन्तुकहरूमा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण देखिएको हो। त्यसकारण लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका जिल्लाहरू बढी जोखिममा छन्।

किनकि, यी प्रदेशका जिल्लाहरू भारतसँग सीमा जोडिएका छन्। तर, कोरोनाको जोखिम सबै जिल्लामा उत्तिकै बढेको तथ्यांकबाट देखिने डा. गौतम बताउँछन्। अहिले भारतका उत्तर प्रदेश, विहार, दिल्ली र सिक्किममा दोब्बर ढंगबाट कोरोना संक्रमित बढेका छन्। त्यसैले शंका लाग्‍नासाथ परीक्षण गर्न, संक्रमण देखिएमा क्‍वारेन्टाइन, आइसोलेसनमा बस्‍न र पोषिलो खानेकुराहरू खान डा. गौतमको सुझाव छ।

स्वास्थ्य मापदण्ड र खोप नै मुख्य विकल्प

डा. गौतमका अनुसार नयाँ भेरियन्टको जोखिम कम गर्ने पहिलो विकल्प स्वास्थ्य मापदण्ड पालना गर्ने र दोस्रो खोप लगाउने नै हो। यसअघि १-२ पटक खोप लगाइसकेकाहरूले अनिवार्य बुस्टर डोज लगाउनुपर्ने उनी बताउँछन्।

तत्काल लगाइएको खोपका कारण विस्तारै सामूहिक रोग प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) बढ्दै जान्छ। एक चरणमा पुगेपछि त्यो क्षमता पुनः घट्दै जान्छ। घटेको क्षमतालाई फेरि माथि पुर्‍याउन बुस्टर डोज लगाउन आवश्यक रहेको डा. गौतम बताउँछन्।

यसअघि देखिएको ओमिक्रोन भाइरस लक्षित गरेर ल्याइएको बुस्टर डोज केही हदसम्म अहिले देखा परेको नयाँ भेरियन्टका लागि पनि उपयुक्त रहेको देखिएको उनले बताए। खोप लगाएपछि यसको जोखिमको मात्रा कम हुने भएकाले जोखिम नै हुँदैन भन्‍ने नहुने उनले बताए। त्यसैले अनिवार्य मास्क लगाउने, भीडभाडमा जाँदा सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिनेलगायत सचेतता अपनाउन उनको सुझाव छ।

खोपको अवस्था

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ८२.८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ८३.१ प्रतिशतले पूर्ण र दोस्रो डोज लगाएका छन्। कुल २ करोड ४२ लाख २६ हजार ८७६ जनाले पहिलो, २ करोड ४३ लाख २४ हजार ९६५ जनाले दोस्रो तथा ९६ लाख ७७ हजार ४११ जनाले पहिलो र दोस्रो बुस्टर डोज लगाएका छन्।

त्यसमध्ये ५ देखि ११ वर्षसम्मका उमेर समूहका ३५ लाख ६८ हजार ८९४ जनाले पहिलो तथा पूर्ण र दोस्रो डोज ३२ लाख ४८ हजार ९५८ जनाले लगाएका छन्। १२ वर्षभन्दा माथिका २ करोड ६ लाख ५७ हजार ९८२ जनाले पहिलो, २ करोड १० लाख ७६ हजार १० जनाले दोस्रो डोज लगाएका छन्। ९३ लाख १३ हजार ६४३ जनाले बुस्टर पहिलो र ३ लाख ६३ हजार ७६८ जनाले दोस्रो डोज लगाएका छन्।

नेपालले हालसम्म विभिन्‍न स्रोतबाट ६ करोड ३२ लाख ७६ हजार ७१० डोज खोप प्राप्त गरेको छ। प्राप्त खोपमध्ये ५ करोड ८२ लाख २९ हजार २५२ डोज लगाइसकिएको छ। अब ५० लाख ४७ हजार ४५८ खोप बाँकी छ। सरकारले २० चैत ०७८ देखि १८ वर्ष उमेर पुगेका तथा पहिलो र दोस्रो खोप लगाएकाहरू, २६ जेठ ०७९ बाट १२ देखि १७ वर्ष उमेर समूहलाई बुस्टर डोज लगाउन थालेको थियो। यस्तै, २३ असार ०७९ देखि दुई चरणमा ५ वर्षदेखि ११ वर्ष उमेर समूहलाई फाइजर खोप दिन शुरु गरेको थियो। १७ कात्तिक ०७९ बाट ५५ वर्षभन्दा माथिको उमेर समूहलाई बुस्टर डोज लगाउन शुरु गरेको थियो।

बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य बढ्यो

  • २.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.