• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यी वृत्तचित्र, जसले नेपाल चिनाए


आइतबार, असार २७, २०७८ मा प्रकाशित

सन् २००८ मा पहिलो प्रदर्शन भयो, नेपालमा बनेको वृत्तचित्र ‘सारी सोल्जर्स’। निर्देशक थिइन्, अमेरिकी निर्माता तथा निर्देशक जुली ब्रिजम। पत्रकार तथा फिल्ममेकर रम्यता लिम्बू यसको सह-निर्माता थिइन्। माओवादी द्वन्द्वबाट प्रभावित ६ महिलाको संघर्षकथा समेटिएको छ, यस वृत्तचित्रमा। तत्कालीन विद्यार्थी नेत्री रामकुमारी झाँक्री, नेपाली सेनाकी अधिकृत रजनी अधिकारी, अधिकारकर्मी मन्दिरा शर्मा, माओवादीकी महिला कमान्डर क्रान्ति, माओवादी प्रतिकार समूहकी नेत्री कृष्ण शाह र छोरीलाई सेनाले बेपत्ता बनाएकी रामेछापकी महिला देवी सुनुवारको कथा समावेश गरिएको थियो।

Advertisement

तीन वर्ष लगाएर बनाइएको ९२ मिनेटको वृत्तचित्रले सन् २००८ मा न्युयोर्कमा सम्पन्न ‘ह्युमन राइट्स वाच फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट वृत्तचित्र’सहित मुख्य चार विधाका अवार्ड जितेको थियो। आधुनिक नेपालको एक महत्वपूर्ण कालखण्डको कथा समावेश भएकाले यस वृत्तचित्रले राम्रो चर्चा बटुल्यो, अन्तर्राष्ट्रिय समुदायमाझ। अमेरिकामा यसलाई ‘लैंगिक अध्ययन’ पाठ्यक्रममा पनि समावेश गरिएको छ। विश्वभर २२ वटा फिल्म फेस्टिभलमा यसको स्क्रिनिङ भइसकेको छ। हालसम्म रिकन्ट्रेस इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘क्यामेरा एज एक्टिभिस्ट अवार्ड’ र ‘बेस्ट सोसियो-पोलिटिकल फिल्म’, भारतको ‘ट्रि-कन्टिनेन्टल फिल्म फेस्टिभल’मा ‘ग्रान्ड जुरी पुरस्कार’, प्रागमा सम्पन्न ‘वान वल्र्ड फिल्म फेस्टिभल’मा ‘स्पेसल जुरी मेन्सन’, ‘ब्रुकलिन इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘स्पिरिट अवार्ड’लगायत सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ।

यस्तै, सन् १९९७ मा छिरिङरितार शेर्पाले निर्देशन गरेको ‘द स्पिरिट डजन्ट कम एनी मोर’ पनि अन्तर्राष्ट्रिय समुदायमाझ नेपाललाई चिनाउने अर्को वृत्तचित्र मानिन्छ। त्यतिवेला दक्षिण एसियाकै उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो, यसले। यही वृत्तचित्रका कारण निर्देशक शेर्पाले ‘उत्कृष्ट आदिवासी फिल्ममेकरको अवार्ड’ पनि पाए। हालसम्म अमेरिका, जर्मनी, फ्रान्स, हङकङ र जापानका ठूला फिल्म महोत्सवमा यो वृत्तचित्र स्क्रिनिङ भइसकेको छ।

‘ड्रइङ द टाइगर’ विश्वले चिनेको अर्को नेपाली वृत्तचित्र हो। रामेछापबाट काठमाडौंमा छात्रवृत्तिमा पढ्न आएकी दलित परिवारकी छात्रा शान्ताले कक्षा ८ मा पढ्दै गर्दा आत्महत्या गर्नुपरेको विषय यस वृत्तचित्रको कथा हो। यसका निर्देशकहरू हुन्, एमी बेन्सन, स्कट स्क्वायर र रम्यता लिम्बू। यस वृत्तचित्रले फिल्म साउथ एसियामा युनिसेफ अवार्ड, काम फेस्ट डकुमेन्ट्री अवार्ड, सेबास्टोफु स्पेसल जुरी मेन्सन र नर्थवेस्ट फिल्म फोरम बेस्ट फिचर अवार्ड जितिसकेको छ।

‘डटर अफ एभरेस्ट’ अर्को वृत्तचित्र हो, जसले शेर्पा जातिका महिलाको पर्वतारोहणको कथा समेटेको छ। सपना शाक्य र रम्यता लिम्बू निर्माता-निर्देशक रहेको यो वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल पाँच साहसी महिलाले पुरुषसरह आफूलाई स्थापित गराएको कथा समावेश छ।

वृत्तचित्रका माध्यमबाट नेपाललाई चिनाउने अर्का व्यक्तित्व हुन्, केसाङ छेतेन। उनका ‘हु विल बी गोर्खा’, ‘मच्छिन्द्रनाथ : अन द रोड विथ द रेड गड’ र डोरबहादुर विष्टबारे ‘कास्टावे म्यान’जस्ता वृत्तचित्र विश्वभर चर्चित छन्। छेतेनले सन् १९८० र ९० को दशकमा वैदेशिक रोगजारीमा गएका नेपाली युवाको कथा समेटेर ‘द डेजर्ट इट अस’ नामक वृत्तचित्र पनि बनाएका छन्। यस वृत्तचित्रमा मरुभूमिले आफ्नो जवानी खाएको कथा बोलेका छन्, नेपाली युवाले। ‘सेभिङ डोल्मा’ नामक वृत्तचित्रमा पनि छेतेनले खाडी मुलुकमा रोजगारीमा गएका नेपाली युवतीहरूको अवस्था चित्रण गरेका छन्।

सन् १९९८ मा रिलिज भएको ४५ मिनटको डकुमेन्ट्री फिल्म ‘एभरेस्ट’, सन् २०१५ को वृत्तचित्र ‘शेर्पा’, सन् २०१७ को ‘चिल्ड्रेन अफ द स्नोल्यान्ड’, सन् २०१३ को ‘हाई एन्ड हलोड : एभरेस्ट १९६३’ र सन् २०१६ मा बनेको ‘द सेभेन्थ समिट’लगायत वृत्तचित्रले पनि अन्तर्राष्ट्रिय वृत्तमा नेपालको प्रतिनिधित्व गरेका छन्।

‘एभरेस्ट’, ‘मनकामना’, ‘शेर्पा’, ‘हिमालय’जस्ता नेपाली मौलिक कथामा विदेशीहरूले बनाएका वृत्तचित्र बढी चर्चामा रहेको पाइन्छ। नेपालमा सुटिङस्थलहरू र कन्टेन्ट दुवै उपलब्ध रहेकाले विदेशीहरू यहाँ आएर वृत्तचित्र बनाउन लालायित हुने गर्छन्। जस्तो- ओस्कर अवार्डमा मनोनयन पाएको फिल्म ‘क्याराभान’का निर्देशक एरिक भ्यालीले पनि लामो अध्ययन गरेर भीरमौरीको मह काढ्न गरिने संघर्षमाथि वृत्तचित्र बनाएका थिए, ‘हनी हन्टिङ’।

आइतबार, असार २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.