• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कोरोना संक्रमण निको भएका बिरामीले पनि लगाउनैपर्छ खोप


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

न्युयोर्क टाइम्स

Advertisement

हालै गरिएका दुई नयाँ अध्ययनले खोप लगाएका मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता वर्षौँसम्म रहने दाबी गरेका छन्। यी खोजले भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता छोटो समय मात्र हुन्छ भन्ने शंका निवारणको प्रयास गरेका छन्।

अध्ययनले कोभिड-१९ निको भइसकेका र खोप लगाएका अधिकांशलाई प्रतिरोधात्मक क्षमता बढाउन बुस्टरको आवश्यकता नपर्ने निष्कर्ष पनि निकालेका छन्। तर, संक्रमणमा नपरेका र संक्रमित भएर पनि कमजोर प्रतिरोधात्मक क्षमता भएका सबैलाई खोप आवश्यक हुने शोधकर्ताको ठम्याइ छ।

दुवै अध्ययन एक वर्षअघि कोरोना संक्रमणमा परेका मानिसमा केन्द्रित थिए। नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार भाइरसको अंश कायम रहने कोषहरू हड्डीको मासीमा स्थिर रहन्छ र आवश्यक पर्दा प्रतिरोधात्मक क्षमता निर्माण गर्छ।

बायोलोजिक अनुसन्धानसम्बन्धी अनलाइन ‘बायोरेक्सिभ’मा प्रकाशित अर्को अध्ययनअनुसार ‘बी’ कोषिकाहरू संक्रमणपछि कम्तिमा १२ महिनासम्म परिपक्व र बलियो अवस्थामा रहने देखिएको छ। ‘अध्ययनबाट कोरोना संक्रमण र खोपले बनाएको प्रतिरोधक क्षमता दीर्घकालीन हुने देखिएको छ,’ पेन्सिल्भेनिया विश्वविद्यालयका इम्युनोलोजिस्ट स्कट हेन्स्लेले भने।

यी अध्ययनबाट भाइरस प्रतिरोधात्मक क्षमता क्षणिक हुने र कोरोनाका कारण सामान्य रुघाखोकी लाग्ने शंका हट्ने शोधकर्ताको बुझाइ देखिन्छ। डा. हेन्स्लेका अनुसार भाइरसहरू केही वर्षमा परिवर्तित। ‘बारम्बार कोरोना संक्रमित हुने कारण रोग प्रतिरोधात्मक क्षमताको साटो भाइरसको भिन्नतासँग बढी सम्बन्धित हुनसक्छ।’

वास्तवमा कोरोना संक्रमणविरुद्ध निर्मित तथा खोपका साथ बढेको ‘मेमोरी बी’ कोषिकाहरू यति शक्तिशाली छन् कि भाइरसका प्रकारहरूलाई पनि विफल गराउन सक्षम छन्। न्युयोर्कस्थित रक्फेलर युनिभर्सिटीका इम्युनोलोजिस्ट मिसेल नुसन्जवेगले ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गरेका छन्।

‘संक्रमित भएका र खोप लगाएका मानिसको मेमोरी बी कोषिकामा वास्तवमै अनौठो प्रतिक्रिया हुन्छ, रोग प्रतिरोधात्मक क्षमता सिर्जना हुन्छ,’ उनले भने, ‘र, ती कोषिका लामो समय रहने आशा गर्न सकिन्छ।’

केवल खोप लगाएका कारण मात्र होइन, त्यसपछि विकसित हुने प्रतिरक्षा ‘मेमोरी’ का कारण पनि यस्तो परिणाम प्राप्त हुने उनले बताए। कोरोना संक्रमण नभएका र खोप नलगाएका मानिसलाई खोपको बुस्टर आवश्यक हुने उनको भनाइ छ।

भाइरस संक्रमणलगत्तै ‘बी’ कोषिकाहरू द्रुत गतिमा फैलिन्छन् र ठूलो मात्रामा रोग प्रतिरोधी क्षमता (एन्टिबडी) उत्पादन गर्छन्। ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गर्न सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका अली एलेबेडीको नेतृत्वमा अनुसन्धानकर्ताले कोरोना संक्रमण भएको एक महिना बितेका ७७ जनाको रगत तीन महिनाको अन्तरालमा विश्लेषण गरे। तीमध्ये ६ जनालाई मात्र संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो, बाँकीमा हल्का लक्षण मात्र थिए। ती मानिसमा एन्टिबडीको स्तर कोरोना संक्रमण भएको चार महिनापछि द्रुत गतिमा खस्कियो।

केही वैज्ञानिकले त्यसलाई प्रतिरक्षा क्षमताको कमीका रूपमा व्याख्या गरेका छन्। तर, अन्य विज्ञले त्यो अपेक्षाकृत नै रहेको बताएका छन्। उनीहरूका अनुसार यदि रगतमा उच्च मात्रामा एन्टीबडी तयार भयो भने तीव्र गतिमा बाक्लो फोहोरमा परिणत हुन्छ।

त्यसको साटो तीव्र संक्रमणपछि एन्टीबडीको रक्तस्तर त्यसरी नै गिर्छ। त्यतिबेला ‘मेमोरी बी’ कोषिकाहरू हड्डीको मासीमा मौन रहन्छन्। र, जब शरीरलाई आवश्यक पर्छ, बाहिर निस्केर भाइरसमाथि प्रकार गर्न थाल्छन्।

डा. एलेबेडीको टोलीले १९ जनाबाट कोरोना संक्रमित भएको लगभग सात महिना पछि हड्डीको मासीको नमूना संकलन गर्‍यो। तीमध्ये १५ जनाको नमूनाबाट ‘मेमोरी बी’ कोषिका पत्ता लाग्यो। अन्य चारजनामा त्यस्ता कोष थिएनन्। त्यसबाट पत्ता लाग्यो, कसैमा ‘मेमोरी बी’ कोषिका नै हुँदैनन् भने कसैमा थोरै परिमाणमा हुन्छन्। सोही कारण कोरोना संक्रमण निको भएका मानिसले पनि अनिवार्य खोप लगाउनुपर्ने उनी बताउँछन्।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.