• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वीरगञ्जमा खुल्दै सुपरस्प्यासिलिटी सेवासहितको स्पर्स हस्पिटल


    Avatar photo
सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

वीरगञ्ज÷वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको अस्पताल सञ्चालनमा आउने भएको छ । स्थानीय बहुअरीमा स्पर्स मल्टिस्प्यासिलिटी हस्पिटल स्थापना भएको हो ।

Advertisement

यही बैशाख तेस्रो सातादेखि सेवा शुरू गर्ने तयारी भइरहेको अस्पताल व्यवस्थापनले बताएको छ ।
वीरगञ्जकै युवा चिकित्सकहरूको समूहले सञ्चालनमा ल्याउन लागेको हो । अस्पतालको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगको अस्पतालका निर्देशक डा. महेश्वरप्रसाद कुर्मीले बताए ।

बैशाख महीनामै अस्पतालबाट सेवा दिने लक्ष्यअनुुसार काम अघि बढिरहेको कुर्मीले जानकारी दिए । ‘अस्पतालको पूर्वाधारको काम करीब सकिइसकेको छ । बैशाखको तेस्रो हप्ताबाट सेवा शुरू गर्ने तयारी छ,’ उनले भने ।

सीमावर्ती शहर वीरगञ्जमा स्वास्थ्य उपचारका क्षेत्रमा सुपरस्प्यासिलिटी सेवाको अभाव पूरा गर्न ८ जना चिकित्सकहरूको अगुवाइमा अस्पताल स्थापना भएको हो । अस्पतालमा ब्रेन तथा नशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुेमेह, थाइराइड, मिर्गौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार सेवा दिइने डा. कुर्मीले जानकारी दिए ।

अस्पतालमा मुटुरोग, नाक, कान घाँटीसम्बन्धी स्वास्थ्य समस्याको पनि उपचार सेवा उपलब्ध हुने अस्पतालले बताएको छ । प्रदेश २ मा विशिष्ट स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आउन लागेको अस्पतालले आवश्यकताअनुसार काठकाडौंलगायतका स्थानबाट चिकित्सक झिकाएर सेवा उपलब्ध गराउने योजना राखेको छ ।

क्यान्सरका बिरामीहरूलाई केमोथेरापीको सेवासमेत उपलब्ध गराउने भएको छ । अहिले वीरगञ्जमा यो सेवा नहुँदा बिरामीहरू चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता छ ।

विगतमा बारा, पर्सा, रौटहट, मकवानपुर, चितवन र सर्लाही जिल्लाबाट बिरामीहरू उपचारका लागि वीरगञ्ज आउने गरेकोमा अहिले यहाँबाट अन्यत्र जाने गरेका छन् । वीरगञ्जमा उपचार सेवा भरपर्दो नभएकाले बिरामी बाहिर गइरहेको बुझेका चिकित्सकहरूको सहकार्यमा यो अस्पताल सञ्चालनको योजना बनेको हो ।

वीरगञ्जमा स्तरीय सेवा दिएमा भारतको पूर्वी चम्पारणबाट पनि सेवाग्राही आउने विश्वास चिकित्सकहरूको छ । ‘यो अस्पताललाई सेवा र सुविधामा प्रदेश २ कै नमूना बनाउने उद्देश्य राखेका छौं,’ डा. कुर्मीले भने ।

सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.