• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पाइलट सपना, तर बने जहाजकै मनिटर !


बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

काठमाडौं- संखुवासभाको तुम्लिङटारका प्रमोद कार्कीको चाहना त पाइलट बन्‍ने थियो। जतिबेला उनले पाइलट कोर्स शुरु गर्नुपर्ने थियो, त्यतिबेला नेपालमा पाइलटहरू बेरोजगार बन्‍ने लहरै चलेको थियो। त्यसैले उनले पाइलट पढ्न अनुमति पाएनन्, परिवारबाट।

Advertisement

पाइलट पढ्न नपाएपछि उनले जीवनको दोस्रो धोको पूरा गर्न पाए, मेकानिकल इन्जिनियर बन्‍ने। संयोग पनि कस्तो, पढाइ सकेपछि मेकानिकल इन्जिनियरका रूपमा पनि उनले आफ्नो करिअर एयरलाइन्समै अगाडि बढाउन पाए। त्यो पनि, नेपालको अग्रणी एयरलाइन्स बुद्ध एयरमा। सात वर्षदेखि उनी ‘हर्ट अफ बुद्ध एयर’ उपनाम पाएको विभागमा कार्यरत छन्।

हिमाली जिल्ला संखुवासभामा जन्मेका कार्कीले विराटनगरको ‘सेन्ट जोसेफ उच्च माविबाट एसएलसी गरे। त्यसपछि काठमाडौंको ‘गोल्डेन गेट’बाट प्लस टु सकाए। त्यसपछि पाइलट पढ्ने योजना बुने। तर, चाहेको विषय पढ्न पाएनन्।

सानैदेखि उड्नेदेखि गुड्नेसम्मका साधनमा निकै चासो राख्थे, प्रमोद। त्यसैले पाइलट पढ्न नपाउँदा उनलाई मेकानिकल इन्जिनियरिङ पढ्ने चाहनाले हुटहुटी जगायो।

पाइलट पढ्न नपाउनुको कारण पनि सन् २०११ तिर नेपालमा पाइलटका लागि अवसर नै थिएन। धेरै पाइलट काम नपाएर विदेश पलायन हुन बाध्य थिए। त्यसकारण पनि उनका बाबा भीम कार्कीले प्रमोदलाई पाइलटभन्दा मेकानिकल इन्जिनियरिङतिरै प्रेरित गरे। त्यतिखेर पाइलट पढ्न कम्तिमा ५० लाख रुपैयाँ खर्च लाग्थ्यो। त्यति धेरै खर्च गरेर पढिसकेपछि जागिरको ग्यारेन्टी नहुँदा उनको धोको पूरा हुन नसकेको हो।

बुवाआमाले भनेको कुरा पनि आफूलाई सही नै लागेको बताउँदै प्रमोद भन्छन्, ‘त्यति धेरै खर्च गरेर पढिसकेपछि कामको ग्यारेन्टी हुनुपर्छ। पढाइपछि पनि विदेश नै जानुपर्छ भने किन पढ्ने? जसको पनि परिवारले त भविष्‍य नै हेर्ने हो। बुवाआमाले भनेको पनि सही नै लागेर मैले पाइलट पढ्ने सपना त्यागें।’

परिवारले खर्च गर्न नसकेर उनले पाइलट पढ्न नपाएका भने होइनन्। उनको परिवारले जस्तोसुकै विषय पढ्न जति पनि खर्च गरेर पढाउन सक्ने हैसियत राख्थ्यो। उनको परिवार संखुवासभाको प्रतिष्‍ठित परिवार हो। हजुरबुवा पदमकेशर कार्की केन्द्रसम्म पहुँच राख्‍ने पुराना राजनीतिज्ञ हुन्। बुवा भीम कार्की पनि केन्द्रसम्मै पहुँच राख्‍ने कांग्रेस नेता हुन्।

अनि बने मेकानिकल इन्जिनियर

प्लस टु सकेपछि बाबासहित उनले नयाँदिल्ली घुम्‍ने अवसर पाए। बाबाको चाहना छोराले जवाहरलाल नेहरू विश्‍वविद्यालयमा पढून् भन्‍ने थियो। घुम्दाघुम्दै कसैले उनीहरूलाई पञ्‍जाबको लभ्ली प्रोफेसनल विश्‍वविद्यालयको नाम सुनायो। प्राविधिक विषय अध्ययनका लागि प्रख्यात मानिन्छ, यो विश्‍वविद्यालय। र, उनीहरूको यात्रा पञ्‍जाबतिरै सोझियो।

र, उनी सोही विश्‍वविद्यालयमा भर्ना भए। त्यहींबाट मेकानिकल इन्जिनियरिङमा बीई गरे। नेपालमा इन्जिनियरिङ विषयमा राम्रो पढाइ नहुने भएकाले विदेशमै अध्ययन गर्ने योजना बनाएको उनी बताउँछन्। भन्छन्, ‘प्राक्टिकल्ली हेर्ने हो भने नेपालको भन्दा भारतको पढाइ कैयौं गुणा राम्रो छ। यदि राम्रो युनिभर्सिटी छनोट गर्न सकियो भने मान्छे बनेर निस्किन्छौं। मलाई जसरी पनि राम्रो अध्ययन गर्नु थियो। त्यसकारण पनि भारत गएर अध्ययन गरें।’

इन्जिनियरिङ विधामा मेकानिकल इन्जिनियरिङ सबैभन्दा फराकिलो मानिन्छ। मेकानिकल इन्जिनियरहरू डिजाइन, एनालाइसिस, टेस्टिङ, म्यानुफ्याक्चरिङ, कन्ट्रोल, अपरेसन र मेकानिकल प्रणालीको व्यवस्थापन गर्नेलगायत हरेक क्षेत्रमा फिट हुन्छन्।

‘मेकानिकल इन्जिनियरिङबिना इन्जिनहरू, जेनेरेटर, एलेभेटर, एयर कन्डिसनिङलगायत कुराहरू हामीसँग हुँदैनथे,’ उनी भन्छन्, ‘मेकानिकल इन्जिनियरिङले प्रविधि उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका वहन गर्छ।’

मेकानिकल इन्जिनियरिङमा दक्ष भएकाहरूको समाजमा उच्च सम्मान हुनुका साथै उनीहरूको तलब पनि आकर्षक मानिन्छ। त्यसैले हो, प्रमोदको पढालेखा परिवारले पनि मेकानिकल इन्जिनियर बन्‍ने उनको सपनालाई अस्वीकार नगरेको पनि। त्यसो त, व्यवस्थापनमा स्‍नातकोत्तर गरेका उनका बाबा भीम कार्कीले इन्जिनियरिङ पढ्नकै लागि प्रमोदलाई अमेरिका, जर्मनीलगायत मुलुकका विश्‍वविद्यालय जान अफर नगरेका होइनन। तर, उनको मन लभ्ली प्रोफेसनल विश्‍वविद्यालयमै बस्यो। र, त्यहीं बीई पूरा गरे।

‘मेकानिकल इन्जिनियर पढेकाका लागि धेरैतिर अवसर हुन्छ। जागिर नपाइएला भन्‍ने हुँदैन। मेकानिकल इन्जिनियरहरू बहुप्रतिभाशाली हुन्छन्। उनीहरूसँग कम्प्युटर एप्लिकेसन, इलेक्ट्रिसिटी, गणित र फिजिक्सका साथै सामाजिक, वातावरणीय र आर्थिक तत्त्वहरूबारे बुझ्नैपर्छ। यस क्षेत्रमा धेरै सेक्टरको ज्ञान हुने हुँदा जता पनि अवसर छ,’ उनी भन्छन्।

सानैदेखि प्रि-प्लानिङमा रुचि राख्थे, प्रमोद। त्यसैले अहिले उनलाई पाइलट नपढेकोमा कुनै पछुतो छैन। पहिला नै उनले पाइलट पढिनँ भने मेकानिकल इन्जिनियरिङ पढ्छु भनेर माइड मेकअप गरिसकेका थिए। ‘जीवनमा हरेक व्यक्तिले प्लानिङअनुसार काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘सबै योजना सफल हुन्छन् भन्‍ने त छैन। तर, सफल हुन चाहने हो भने हरेक व्यक्तिले योजना अवश्य बनाएर काम गर्नुपर्छ।’

उनी योजना बुन्दै थिए। अमेरिका र जर्मनीमा पढ्न जाँदा कति खर्च लाग्छ ? क्याल्कुलेटर थिच्दै थिए। त्यही क्याल्कुलेटरले हिसाब निकालिदियो- अमेरिकाभन्दा भारतमा खर्च पनि धेरै कम, घर आउजाउ गर्न पनि सजिलो अनि पढाइ पनि राम्रो !

‘अमेरिकामा पढ्न धेरै खर्च लाग्‍ने रहेछ। फेरि त्यहाँ गएर भाँडा माझ्दै पढ्नुभन्दा त्यति खर्चले भारतमा होस्टेल बसेरै आनन्दले पढ्न पुग्‍ने रहेछ। अनि म किन अमेरिका जाने?’ क्याल्कुलेटरको हिसाबसँगै उनको दिमागले यही आदेश दियो प्रमोदलाई।

तथापि, भारतमा पढे पनि उनको योजना स्वदेश नै आएर करिअरको खोजी गर्ने थियो। पढाइमा निकै पोख्त प्रमोदलाई भारतमै प्रशस्त अवसर थिए। अन्य देशबाट पनि कामका अफर आएका थिए। भारतमा त्यसै पनि विश्‍वविद्यालयमै आएर ‘जब अफर’ गर्ने प्रचलन नै छ। तर, प्रमोदले ती सबै अफर अस्वीकार गरे अनि स्वदेशलाई नै कर्म थलो बनाए।

अनि शुरु भयो बुद्ध एयरमा करिअरको उडान

स्वदेशलाई कर्मथलो बनाउने धोको पूरा गर्नकै लागि उनले मुलुकको अग्रणी बुद्ध एयर रोजे। तर, आफन्तकै लगानी रहेको बुद्ध एयरमा उनले सोर्सफोर्सको जागिर खाएका होइनन्।

बीई सकेर नेपाल फर्किएसँगै बुद्ध एयरमा कामका लागि ट्राइ गरे। बुद्ध एयरमा जागिर खान उनले तेस्रो प्रयासमा मात्र पाए। पहिलोपटक बोलाएर त्यतिकै फर्काइयो। दोस्रोपटक फेरि बोलाएर कुन-कुन सिलिबस पढ्ने भनेर सोधियो अनि फर्काइयो। र, तेस्रोपटकमा बल्ल उनको अन्तरवार्ता लिइयो। १२-१४ जनाले उनको अन्तरवार्ता लिएका थिए। अन्ततः जागिरका लागि सेलेक्ट भए। १२-१४ जनाले लिएको इन्टरभ्युपछि उनले तलब पाउने भए, १० हजार रुपैयाँ।

क्याल्कुलेटर थिचिरहने उनका लागि पढाइमा लाखेको खर्चको तुलनामा तलब एकदमै कम थियो। तर, उनका लागि पैसाभन्दा अनुभवको महत्त्व बढी थियो। किनकि, करिअर अगाडि बढाउन हरेक कम्पनीले कामको अनुभव खोज्छन्। उनलाई त्यही अनुभव बटुल्नु थियो।

खासमा, उनी बीई सकेपछि ३-४ वर्ष कामको अनुभव बटुल्ने अनि मास्टर्स गर्ने योजनामा थिए। तर, बीचमा आइदियो, कोरोना। र, त्यही कोरोनाले उनको कामको अनुभव सात वर्ष पुर्‍याइदियो। उनको परिवारले पनि बीई सकेपछि अनुभव लिन सुझाएको थियो।

‘मैले पीएचडी नै गरे पनि मसँग अनुभव नभएसम्म कुनै कम्पनीले जागिर दिँदैनन्,’ उनी भन्छन्, ‘हरेक मानिसले पढाइसँगै अनुभव पनि बटुल्नुपर्छ। अनि मात्र सफल भइन्छ।’ अब चाँडै नै अध्ययनका लागि अमेरिका जाने योजना रहेको पनि उनी बताउँछन्।

‘म यसअघि नै मास्टर्स गर्न गइसकेको हुन्थेँ तर कोरोनाका कारण जान पाइनँ। तर, अब चाँडै अध्ययनका लागि जाँदैछु। अध्ययन सकेर फेरि नेपाल फर्किएर आफ्नै देशमा सेवा गर्छु,’ उनको भविष्‍यको योजना छ। उनी क्यानाडाको मन्ट्रियलस्थित कन्कोर्डिया विश्‍वविद्यालयमा स्‍नातकोत्तरका लागि उड्दै छन्।

बुद्ध एयरमा के काम गर्छन् उनी ? जहाजको इन्जिनमा कुनै समस्या आए उनी समाधान निकाल्छन्। आफ्नो कामको फेहरिस्त उनले यसरी दिए, ‘कुनै प्लेनको इन्जिन बिग्रिए म आफैं त्यहाँ जानु पर्दैन। इन्जिन बिग्रिए त्यसको मोनिटर गर्ने एउटा सिस्टम हुन्छ। त्यो सिस्टम हामीले पनि मोनिटरिङ गरिरहेका हुन्छौं। र, म्यानुफ्याक्चर कम्पनीले पनि हरेक क्षण मोनिटरिङ गरिरहेका हुन्छन्।’

किनकि, उनका अनुसार हरेक दिन इन्जिनसम्बन्धी डाटा अपडेट भइरहेको हुन्छ। जहाजमा एयर डाटा भन्‍ने कम्प्युटर प्रणाली जडित हुन्छ। त्यो डाटा त्यसमा डाउनलोड हुन्छ। त्यसलाई ल्याएर कम्प्युटरमा राख्‍ने गरिन्छ। यससँगै कुनै इन्जिनमा समस्या आए त्यो इन्जिन कहिले ल्याइएको थियो भनेर त्यसको इतिहास अध्ययन गर्ने, कति महिना चल्यो, कुनै इन्जिनको पार्ट फेर्नुपर्ने थियो कि थिएनलगायत कुराको अध्ययन गर्नुपर्छ। र, सोही आधारमा कहाँ के भइरहेको छ भनेर उनले अरूलाई निर्देशन दिन्छन्।

उनीजस्तै दक्ष इन्जिनियरहरूकै कारण अहिले बुद्ध एयरले सुरक्षित उडान भरिरहेको छ। यसरी हरेक यात्रुलाई सुरक्षित यात्रा गराउन पाउँदा आफू एकदमै खुशी रहेको उनी बताउँछन्।

एउटा अधुरो सपना

हरेक व्यक्तिले सानैदेखि धेरै सपना देख्दै आएका हुन्छन्। कति सपना पूरा हुन्छन् त कति हुँदैनन्। समय र परिस्थितिअनुसार कैयौं सपना भुल्दै गइन्छ। तर, केही त्यस्ता सपना पनि हुन्छन्, जसले निदाउन दिँदैनन्। तर, ती सपना न तत्काल पूरा गर्न सकिन्छ, न त भुल्न नै।

प्रमोदको पनि निम्‍न तथा मध्यम वर्गका लागि चारपांग्रे सवारी साधन सस्तोमा उपलब्ध गराउने त्यस्तै सपना छ। र, त्यो सपना अधुरै छ। उनले त्यो सपनालाई न पूरा गर्न सकेका छन्, न त भुल्न नै।

नेपालमा विदेशबाट सेकेन्डह्यान्ड गाडी भित्र्याउन दिइँदैन। त्यसकारण बाहिरबाट पुराना गाडीलाई भित्र्याएर त्यसलाई मोडिफाइ र अपडेट गरेर सस्तो मूल्यमा बजारमा पुर्‍याउन सकिने उनले देखेका छन्।

‘मलाई सानैदेखि इन्जिनसम्बन्धी काम गर्न एकदमै मन लाग्थ्यो,’ उनी भन्छन्, ‘नेपालमा गाडीको मूल्य एकदमै महँगो छ। सामान्य मानिसले पनि गाडी चढ्न सक्ने वातावरण तयार गर्न चाहन्थें तर त्यो पूरा हुन सकेन।’ त्यो सपना पूरा गर्न धेरै खर्च लाग्‍ने हुँदा पनि सम्भव नभएको उनको ठम्याइ छ।

बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.