काठमाडौं– अभिनेता पुष्प खड्काले आफू अभिनित ‘कृष्ण लीला’ फिल्म फ्लप भएपछि आफूले लिएको पारिश्रमिक फिर्ता गरेका छन् ।
फिल्म फ्लप भएपछि उनले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गरेको हो । यो सँगै नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता खड्काले गरेका छन् ।
बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पले आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम निर्मातालाई फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यो नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न ।’
पुष्पले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् ।
‘कृष्ण लिला’ फ्लप भएपछि अभिनेता पुष्पले फिर्ता गरे ३३ प्रतिशत पारिश्रमिक
‘कृष्ण लिला’ फ्लप भएपछि अभिनेता पुष्पले फिर्ता गरे ३३ प्रतिशत पारिश्रमिक
Advertisement
तपाईको प्रतिक्रिया