काठमाडौं– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य ६ सयले बढेको छ । आज छापावाल सुन १ लाख ३ सय मा कारोवार भइरहेको छ । बिहीबार प्रतितोला ९९ हजार ७ सयमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २ रुपैँया थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० रुपैँयाले बढेर १ हजार ३ सय ९० पुगेको महासङ्घले जनाएको छ ।
Advertisement