• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यी पूर्वविद्यार्थी नेता : कोही सांसद बने, कोही थान्को लागे


मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

काठमाडौं- नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्माले विद्यार्थी राजनीति छाडेको केही दशक भइसक्यो। उनी कांग्रेसको राजनीतिमा प्रवेश गरेर अहिले पार्टीको केन्द्रीय महामन्त्री नै छन्। यसअघिका दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले बल्ल यसपटक संघीय सांसद बन्‍न पाए।

Advertisement

अनेरास्ववियूका पूर्वअध्यक्ष ऐन महरले पनि विद्यार्थी राजनीति छाडेर एमालेको पार्टी राजनीतिमा प्रवेश गरेको पनि केही वर्ष बितिसक्यो। उनको संघीय संसदको यात्रामा भने यसपटक पनि ब्रेक लाग्यो, बझाङबाट उनी आफ्नै पूर्वनेता तथा हाल एकीकृत समाजवादीमा गएका भानुभक्त जोशीसँग पराजित भए।

नेविसंघकै पूर्वअध्यक्ष प्रदीप पौडेल दोस्रो प्रयासमा यसपटक भारी मतान्तरसहित संघीय सांसद बनेका छन्, त्यो पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट। यसअघि उनले गृहजिल्ला तनहुँबाट प्रदेश सांसद बन्‍ने प्रयास गरेका थिए। तर, सफलता पाउन सकेका थिएनन्।

नेपालका राजनीतिक दलका केही शीर्ष नेता र बलियो प्रभाव जमाएका नेताहरूको पृष्ठभूमि हेर्ने हो भने मूलतः उनीहरूको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै शुरु भएको पाइन्छ। तर, उनीहरू मध्ये केहीले यसअघि नै संसदको यात्रा तय गरिसकेका थिए भने केही यसपटक मात्र सांसद बनेका छन्। सांसद बन्‍ने आकांक्षा पालेका कतिपय नेताको यसपटकको प्रयास पनि सफल हुन सकेन।

नेविसंघकै पूर्वअध्यक्ष तथा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले यसपटक रुपन्देही-३ बाट जित हासिल गर्न सकेनन्। उनी राप्रपाका नेता दीपक बोहरासँग २ हजार ११७ मतान्तरले पराजित भए।

त्यसो त, कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा पनि विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका नेता हुन्। उनी भने सातौंपटक सांसद बनेका छन्। र, अहिले पाँचौंपटक प्रधानमन्त्री छन्। सत्ता गठबन्धनको ‘मुड’ हेर्दा उनी छैटौंपटक प्रधानमन्त्री बन्दै छन्।

सोलुखुम्बूका कांग्रेस नेता बलबहादुर केसी पनि विद्यार्थी राजनीतिबाटै कांग्रेसको राजनीतिमा उदाएका हुन्। पटक-पटक सांसद र मन्त्री बनेका केसी राजनीतिको उत्तराद्र्धमा यसपटक गृहजिल्ला सोलुखुम्बूमा एमालेका मानवीर राईसँग पराजित हुन पुगे।

काठमाडौं क्षेत्र नम्बर ४ बाट तेस्रोपटक सांसद बनेका गगन थापा पनि नेविसंघका पूर्वमहामन्त्री हुन्। र, अहिले कांग्रेसको केन्द्रीय महामन्त्री छन्। यसपटक कांग्रेसको संसदीय दलको नेताका प्रत्यासी र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी चर्चामा छन्। भलै उनले अहिले नै ती पद प्राप्त गर्ने सम्भावना झिनो देखिन्छ।

नेविसंघको महामन्त्री बन्दा गगनका अध्यक्ष रहेका गुरुराज घिमिरेले यसपटक पनि प्रदेश सांसद बन्‍ने अवसर चुकाउनुपर्‍यो। उनी एमालेका जयप्रकाश चौधरीसँग पराजित हुन पुगे।

२०७४ सालको आम निर्वाचनमा पराजय बेहोरेका नेविसंघकै पूर्वअध्यक्ष एनपी साउद यसपटक कञ्चनपुर-२ बाट निर्वाचित भएका छन्। उनले २८ हजार १३६ मत ल्याउँदा एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत ल्याएका छन्। उनै धामीबाट ०७४ सालमा पराजित भएका थिए, साउद।

नेविसंघकै पूर्वकेन्द्रीय उपाध्यक्ष जित शेरचन भने बागलुङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका छन्। यस्तै, नेविसंघका पूर्वउपाध्यक्ष डम्बरबहादुर खड्का इलाम क्षेत्र नम्बर-२ मा एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग पराजित भए।

बागलुङ क्षेत्र नम्बर १ को (ख)बाट नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराज सुवेदीले एमालेका नवराज पौडेललाई पराजित गरे। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले दोलखाको प्रदेश (क) का उम्मेदवार हुन्। उनको निर्वाचन क्षेत्रमा बुथ क्याप्चर भएको विषयलाई लिएर विवाद हुँदा पुनः मतदान हुँदैछ।

यस्तै, नेविसंघकै पूर्वअध्यक्ष धनराज गुरुङ उम्मेदवार रहेको स्याङ्जा-२ को मतगणना हुन बाँकी छ। त्यहाँ एमालेकी नेतृ पदमाकुमारी अर्यालसँग उनको प्रतिस्पर्धी छन्।

त्यसो त, लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनिसकेका एमाले महासचिव शंकर पोखरेलको पनि पृष्ठभूमि विद्यार्थी राजनीति नै हो। अनेरास्ववियूका पूर्वअध्यक्ष उनी यसपटक दाङ क्षेत्र नम्बर २ बाट पराजित भएका छन्। उनलाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरेकी छन्।

अनेरास्ववियूकै पूर्वअध्यक्ष योगेश भट्टराई सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षत्रीलाई पराजित गर्दै संघीय सांसद निर्वाचित भएका छन्। गठबन्धनका बावजुद चुनाव जितेर उनले आफूलाई केन्द्रीय राजनीतिमा स्थापित गराएका छन्।

अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेर काम गरिसकेका र महेन्द्ररत्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पूर्वसभापति रहिसकेका विशाल भट्टराई भने खोटाङबाट माओवादी केन्द्रका रामकुमार राईसँग पराजित भएका छन्।

अनेरास्ववियूका पूर्वअध्यक्ष तथा प्रदेश-१ का बहालवाला मुख्यमन्त्री राजेन्द्र राई यसपटक पनि गृहजिल्ला भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका छन्। उनी अहिले एकीकृत समाजवादीका नेता हुन्।

एकीकृत समाजवादीकी नेतृ तथा अनेरास्ववियूकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री भने गृहजिल्ला गुल्मी क्षेत्र नम्बर-२ बाट एमालेका गोकर्ण विष्टसँग पराजित भइन्। उनी पहिलोपटक प्रत्यक्ष चुनावमा होमिएकी थिइन्, सफलता हात लागेन।

अनेरास्ववियूका पूर्वउपाध्यक्ष महेश बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट ३४ हजार ९५० मत ल्याइ विजयी भए। उनले एकीकृत समाजवादीका प्रभावशाली नेता तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालाई भारी मतान्तरले पराजित गरे।

अनेरास्ववियूकी वर्तमान अध्यक्ष सुनिता बराल भने प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी छन्। अनेरास्ववियूका पूर्वउपाध्यक्ष विनोद ढकाल मोरङ क्षेत्र नम्बर ४ र पूर्वमहासचिव भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट पराजित भएका छन्। अनेरास्ववियुकै केन्द्रीय कमिटीमा लामो समयसम्म विभिन्‍न भूमिकामा रहेका यज्ञराज सुनुवार ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका छन्।

यस्तै, माओवादी केन्द्रका महासचिव देव गुरुङको पृष्ठभूमि पनि विद्यार्थी राजनीति नै हो। उनी अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष हुन्। र, यसपटक गृहजिल्ला लमजुङमा एमाले नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका हुन्।

हालका शिक्षामन्त्री देवेन्द्र पौडेल पनि विद्यार्थी राजनीतिबाटै उदाएका हुन्। अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष पौडेल भने बागलुङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। अनेरास्ववियू (क्रान्तिकारी) कै पूर्वकेन्द्रीय सदस्य शक्ति बस्नेत जाजरकोटबाट एमालेका निरज प्रसाद आचार्यलाई पराजित गर्दै निर्वाचित भएका छन्।

अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वउपाध्यक्ष गंगानारायण श्रेष्ठ र युवराज चौलागाईं क्रमशः सिन्धुली क्षेत्र नम्बर २ (ख) र रामेछाप प्रदेश (ख)बाट निर्वाचित भएका छन्। अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वसचिव तथा वागमती प्रदेशका पूर्वमन्त्री रत्न ढकाल काभे्र क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका छन्।

अर्का पूर्वउपाध्यक्ष सुदीप कुँवर भने पर्वतबाट पराजित भएका छन्। पूर्वमन्त्री तथा संगठनकै पूर्वसचिव कल्पना धमला काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन्। र, क्रान्तिकारीकै पूर्वकेन्द्रीय सदस्य माधव सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट ३० हजार ४०८ मतका साथ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.