काठमाडौं- भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
Advertisement
चाँगुनारायण नगरपालिका–१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३–०१–०२३च ४२९३ भ्यान र बा१प ९५०८ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमासवार भक्तपुर नगरपालिका–७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।