• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राष्ट्रिय दल बन्न यस्तो छ कानूनी व्यवस्था


शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित

काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। प्रारम्भिक मत परिणामअनुसार यो निर्वाचनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई देशका तीन ठूला राजनीतिक दलका रूपमा पुनः स्थापित गराउने देखिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनमत पार्टीलाई नेपाली राष्ट्रिय राजनीतिमा उदय गराउने पनि देखिन्छ। तर धेरैको प्रश्न रहेको छः के यस चुनावमा उदाएका दलहरूले राष्ट्रिय दलको मान्यता पाउँछन् ?

Advertisement

नेपाल चेकले यस सम्बन्धी रहेका कानूनी प्रावधान समेटेर यो जानकारीमुलक सामग्री तयार पारेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दल सम्बन्धी व्यवस्था गरिएको छ। उक्त दफामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कम्तिमा एक सिटमा विजय प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसको अर्थ पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतका १६५ सिटमध्ये एक वा एकभन्दा बढी सिट जिते पनि समानुपातिक निर्वाचनतर्फ खसेको कुल मतको तीन प्रतिशत मत प्राप्त गर्न नसके उक्त दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्दैन। यद्यपि त्यस्तो दललाई संसदमा प्रतिनिधित्व गर्न भने कुनै समस्या रहन्न।

प्रतिनिधि सभाका कुल २७५ सिट मध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था नेपालको संविधानले गरेको छ। यसका लागि समानुपातिकतर्फ खसेको गणनायोग्य मतलाई ११० ले भाग गरिन्छ र भाग गर्दा आउने संख्या बराबर एक उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। यसअन्तर्गत उम्मेदवारको छनौट निर्वाचन हुनु अगाडि नै दलहरूले बुझाएको उम्मेदवारहरूको बन्दसूची मार्फत आरक्षित क्लस्टरअन्तर्गत बुझाइएका उम्मेदवारहरूको क्रम संख्याका आधारमा गरिन्छ। समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारको बन्दसूचीमा समावेश गर्नुपर्ने तथा दस प्रतिशत वा सोभन्दा बढी सिट प्राप्त गर्ने दलले छनोट गर्नुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ मा स्पष्ट व्यवस्था गरिएको छ।

दस प्रतिशत वा सोभन्दा बढी सिट प्राप्त गर्ने दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूको बन्दसूचीमा २८.७ प्रतिशत उम्मेदवारहरू आदिवासी जनजाति, ३१.२ प्रतिशत उम्मेदवार खस आर्य, ६.६ प्रतिशत उम्मेदवार थारू, १३.८ प्रतिशत उम्मेदवार दलित, १५.३ प्रतिशत उम्मेदवार मधेसी, ४.४ प्रतिशत उम्मेदवार मुस्लिम, कम्तीमा ५० प्रतिशत उम्मेदवारहरू महिला र कम्तीमा ४.३ प्रतिशत उम्मेदवारहरू पिछडिएको क्षेत्रबाट सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। (हेर्नुहोस, अनुसूची १२)। समानुपातिकतर्फ एक सिट पनि नजित्ने पार्टीको भने जमानत जफत हुने व्यवस्था छ।

मानौ यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा बढी मत खस्यो। त्यसमध्ये ५ लाखभन्दा बढी मत बदर भयो। यस्तो अवस्थामा कुनै पनि पार्टीले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कम्तिमा एक सिट जित्नुका साथै समानुपातिकतर्फ कम्तिमा ३ लाख मत ल्याउनुपर्ने हुन्छ।

राष्ट्रिय दलको मान्यता नपाउँदा के फरक पर्छ?

कुनै पनि दलले समानुपातिक निर्वाचनअन्तर्गत प्राप्त मत ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा उक्त पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पाएको भोट मार्फत् कुनै पनि उम्मेदवार जिताउन पाउँदैन। यसले गर्दा प्रत्यक्ष निर्वाचनमा जति धेरै सिट ल्याए पनि समानुपातिकतर्फ पाएको मत यसै खेर जान्छ। समानुपातिक निर्वाचन सम्बन्धी कानूनले तय गरेको व्यवस्था अनुरूप ३ प्रतिशतभन्दा बढी मत नल्याउने दलको मतबाट प्रत्यक्ष फाइदा भने ३ प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दललाई हुन्छ। उदाहरणका लागि अघिल्लो संघीय संसदको चुनावमा राप्रपाका एकजना सदस्य राजेन्द्र लिङ्देन मात्र पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत विजयी भएका थिए। तर, राप्रपाले समानुपातिकतर्फ खसेको कुल मतको ३ प्रतिशत मत प्राप्त नभएकोले उक्त पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत १,९६,७८२ मत पाउँदा पनि एकजना सांसद पनि निर्वाचित गर्न पाएको थिएन।

नेपालको निर्वाचन कानूनले राष्ट्रिय दलको मान्यता नपाएको दलको चुनाव चिन्ह सोही पार्टीका लागि सुरक्षित राख्ने व्यवस्था गरेको देखिँदैन। यद्यपि निर्वाचन आयोगले सबै दललाई उनीहरूले शुरुमा प्रयोग गरेको चुनाव चिन्ह नै प्रदान गर्ने अभ्यास गर्दै आएको देखिन्छ। त्यस्तैगरी राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने दलले संसद सचिवालयकोतर्फबाट संसदीय दलको कार्यालय प्राप्त गर्दछन्। संसद सचिवालयका उपसचिव दशरथ धमलाकाअनुसार संसदीय दलका नेता, उपनेता र सचेतकले विभिन्न सेवा तथा सुविधा पाउने व्यवस्था छ जुन राष्ट्रिय दलको मान्यता नपाएका दलले पाउँदैनन्। यो सम्बन्धित दलको हैसियत र संसदभित्र हुने सम्मानसँग पनि जोडिएको छ। एकथरि बिश्लेषकहरूले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलका सांसद स्वतन्त्र हुने तर्क गरेपनि राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार त्यस्ता पार्टीका सदस्यहरू दलकै नियन्त्रणमा रहन्छन् र दलले उनीहरूलाई व्हिप लगाउन सक्छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ ले संघीय संसद् वा प्रदेशसभाको निर्वाचनमा कम्तिमा दुई सिटमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संसदीय दल गठन गर्नसक्ने व्यवस्था गरेको छ। संसदीय दल गठन गर्न राष्ट्रिय मान्यता प्राप्त दल हुनु अनिवार्य छैन। जुन दलबाट निर्वाचित भएको हो, ती व्यक्ति स्वतः सम्बन्धित दलको सदस्य हुने व्यवस्था उक्त ऐनमा छ। सोही ऐनको दफा २८अनुसार संसदीय दलका नेताको निर्देशनमा उक्त दलका सचेतकले आफ्ना सांसदलाई सरकारको अविश्वासको प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम स्विकृत गर्ने विषय, वार्षिक बजेट पारित गर्ने विषय र राष्ट्रिय वा सार्वजनिक महत्वका कुनै विषयमा लगाइएको ह्विप उक्त दलका प्रत्येक सांसदले पालना गर्नुपर्ने व्यवस्था छ। त्यस्तो व्हिप उल्लंघन गरेमा स्पष्टीकरण सोधेर पार्टीको केन्द्रीय समितिले पार्टीबाट निष्काशनसमेत गर्नसक्ने व्यवस्था उक्त ऐनमा छ।

किन राखिन्छ भोटको थ्रेसहोल्ड?

प्रजातान्त्रिक शासन प्रणाली भएका देशहरूमा दुई दलीय वा बहुदलीय शासन प्रणाली अपनाएको पाइन्छ। जस्तो संयुक्त राज्य अमेरिका र बेलायतमा मा दुई दलीय व्यवस्था छ भने भारतमा बहुदलीय व्यवस्था छ। बहुदलीय शासन व्यवस्था अपनाएको देशमा निश्चित हैसियत भएका राजनीतिक दललाई मात्र राष्ट्रिय पार्टीको रूपमा मान्यता दिन न्युनतम मतको थ्रेसहोल्ड राख्ने चलन छ। नेपालमा २०७४ को चुनाव अघि थ्रेसहोल्डको व्यवस्था थिएन जसले गर्दा त्यतिबेला संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या ३१ थियो। यी दलहरूमध्ये जम्मा ११ वटाले मात्र निर्वाचनमा १ प्रतिशतभन्दा बढी मत ल्याएका थिए।

छिमेकी देश भारतमा निर्वाचन आयोगमा कानूनतः दर्ता भएको कुनै पनि पार्टीले राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्न तीनवटा मध्ये कुनै एक अवस्था पूरा गर्नु पर्छ।

पहिलो, लोक सभाका लागि कम्तिमा ३ वटा फरक राज्यहरूबाट न्यूनतम २ प्रतिशत सिटमा विजय हासिल गरेको दलले राष्ट्रिय दलकोे मान्यता प्राप्त गर्छ।। लोकसभामा रहेका कुल ५४३ सदस्य संख्याको हिसाबले यो संख्या ११ हुन आउँछ।

दोस्रो प्रावधानअन्तर्गत चारवटा लोक सभाका सिटका अतिरिक्त कुनै दलले चारवटा राज्यहरूमा कुल मतको ६ प्रतिशत मत प्राप्त गरेको खण्डमा त्यस्तो पार्टीले पनि राष्ट्रिय दल सरह कानूनी मान्यता प्राप्त गर्छ। त्यस्तैगरी कुनै पार्टीले चार वा चारभन्दा राज्यमा राज्यस्तरको मान्यता प्राप्त गरेको छ भने त्यस्तो पार्टीले पनि भारतको राजनीतिक दल सम्बन्धी कानूनअनुसार राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न सक्छ। भारतमा अहिलेसम्म आठवटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। पछिल्लो समय भारतको राजनीतिमा उदाएको आम आदमी पार्टीले अझै राष्ट्रिय दलको मान्यता प्राप्त गरिसकेको छैन।

(यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.