काठमाडौँ । भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको घरमा एउटा नयाँ पाहुना आएका छन् । तर, ती सानो पाहुना जन्मेको केही घण्टापछि गुगल र ट्वीटरलगायत सम्पूर्ण सामाजिक सञ्जालमा ट्रेन्डिङ चल्न पुगेको थियो ।
आलिया भट्टको विवाह र त्यसपछि उनको डेलिभरी मिति जम्मा ७ महिनाको मात्रै रहेको छ । आलिया विवाहअघि नै गर्भवती भएकी भन्दै ट्रेन्डिङ चलेको हो ।
यी कुराहरू सामाजिक सञ्जाल र मिडियामा ह्यासट्याग ‘रिस्पेक्ट वुमन’, ह्यासट्याग ‘सेभ डटर’, ह्यासट्याग ‘लैङ्गिक समानता’ नाममा भइरहेका थिए ।
आलिया भट्टको अन्तिम महिनावारीको मितिदेखि उनले कहिले सेक्स गरेकी हुन्, उनी कहिले गर्भवती भइन्, कहिले बिहे गरिन् र अहिले जब उनले बच्चालाई जन्म दिइन्, सबै कुराको हिसाब मानिसहरु चाहन्छन् ।
सामाजिक सञ्जाल मात्र होइन, मिडियामा पनि यो काम भइरहेको थियो । विवाहअघि नै गर्भवती हुने सेलिब्रेटीको सूची सार्वजनिक भएको थियो ।
नेहा धुपियादेखि दिया मिर्जासम्मको लिस्ट लामो थियो । यी व्यक्तिहरूले सेलिब्रेटी महिलाहरूको खाता राखेका थिए । एजेन्सी