काठमाडाैं : नेपाली बक्स अफिसमा फिल्म ‘२ नम्बरी’रिलिज भएकाे ८ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्शन गरेको छ।
निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा हरेक शहरको कलेक्शन समेत सार्वजनिक गरिएकाे छ।
जसअन्र्तगत, फिल्मले काठमाडौंमा २ करोड २० लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाखको ग्रस कलेक्शन गरेको छ । यस्तै, अन्य विभिन्न हलबाट फिल्मले १५ लाख ग्रस कलेक्शन गरेको बताइएको छ ।
निर्माता किरण नेपालीले फिल्मबाट मुनाफा प्राप्त भइसकेको बताएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङलगायतका कलाकारको अभिनय रहेकाे छ।