• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

दशैंका यात्रीले कति गर्छन् कार्बन उत्सर्जन ?


शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित

काठमाडौं- यस वर्षको दशैंमा तपाईं आफू बसिरहेको ठाउँदेखि घर पुग्न कति दूरी पार गर्दै हुनुहुन्छ ? तपाई व्यक्तिगत या साना तथा ठूला सवारी साधन के प्रयोग गर्दै हुनुहुन्छ ? तपाईंले यात्रा गर्दै गर्दा थोरै सावधानी अपनाएमा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग मिल्छ भन्ने थाहा छ ? किनकि, तपार्इंं हामीले गाडी या हवाई यातायातमा गरेको यात्राले कार्बन अर्थात हरितगृह ग्यास उत्सर्जन हुन्छ, जुन प्रकृतिको लागि हानिकारक छ र यही जलवायु परिवर्तनको कारक हो।

Advertisement

कार्बन भनेको के हो भन्ने लाग्न सक्छ। वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव पशुपतिनाथ कोइरालाका अनुसार तपाईं हाम्रो रुख र जीवन पनि कार्बन हो। कार्बन भएन भने हामी जीवित रहन सक्दैनौ। तर, अहिले नकारात्मक कार्बन बढी उत्सर्जन भइरहेको छ, जसले हामी विश्व समुदायलाई नै प्रभाव पारिरहेको छ। जब पृथ्वी तात्न थाल्यो, तब कार्बन डाइअक्साइड, हरितगृह ग्यास चाहिनेभन्दा बढी भयो। ती ग्यासहरू विविध कारणले वायुमण्डलबाट बाहिर जान सकेनन्। सरल भाषामा बुझ्दा कार्बन बढी भयो। चिसो हुने क्रम घट्यो। तातो हुन थाल्यो। अनुसन्धान गर्दै जाँदा कार्बन बाहिर निकाल्नेमा उद्योगहरू, यातायात, वन, कृषि क्षेत्र, कोइलालगायत देखिए।

हामी त्यही कार्बन बाहिर निकाल्ने यातायात क्षेत्रको कुरा गरिरहेका छौं। कार्बन कम गर्ने सजिलो उपाय हो, पैदल र साइकलमा यात्रा गर्ने। तर, त्यो सबै ठाउँमा सम्भव छैन। यदि हवाई र गाडीको प्रयोग नै गर्नुपर्नेछ भने मितव्ययिता अपनाउन सकिन्छ। यात्रा गर्दा तपाईं एक्लैभन्दा सार्वजनिक यातायात, जहाँ धेरैजना एकैचोटि यात्रा गर्न सकिन्छ, त्यस्तो सवारी साधन प्रयोग गरेमा एकजनाले यात्रा गरेवापतको कार्बन उत्सर्जनको मात्रा संयुक्त यात्रा गर्दा धेरै कम पर्न आउँछ।

मानौं तपाईंले काठमाडौदेखि एक सय किलोमिटरभन्दा बढी दूरी पार गर्दा ५० किलो कार्बन उत्सर्जन हुन्छ भने दशैंमा उपत्यकाबाट मात्रै २० लाखभन्दा बढी बाहिरिन्छन्। र, उनीहरूले पार गर्ने दूरी एक हजार किलोमिटरभन्दा बढी हुन्छ। तपाईंंले यात्रा गरेको एक बसले ३० देखि ४० किलो कार्बन उत्सर्जन गर्छ भने २० लाखले यात्रा गर्दा प्रयोगमा आएको गाडी या हवाई यातायातले कति कार्बन उत्सर्जन गर्ला?

मासु खपत कम गर्ने

दशैंको वेला यात्रासँगै अर्काे विशेष हुन्छ, खानपान। खानपानमा पनि मासु धेरै प्रयोगमा आउँछ। विश्वमै मासु खपत बढ्दो क्रममा छ। विश्वमा पछिल्लो ५० वर्षको तुलनामा हाल मासु खपत चार गुणाले बढेको विज्ञहरू बताउँछन्। मासु खपत बर्सेनि ३२ करोड टन नाघेको छ। मासु उत्पादनसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण हरितगृह ग्यास मिथेन हो। मासु उत्पादन यस हरितगृह ग्यासको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। पशुधनले विश्वव्यापी मिथेन उत्सर्जनको लगभग ३५ देखि ४० प्रतिशत उत्पादन गर्छ।

पशु सेवा विभागका अनुसार दशैंमा मात्र नेपालीले लगभग ७५ अर्बको मासु खान्छन्। अरू बेलाभन्दा दशैंको बेला मासुको खपत ८ गुणाले वृद्धि हुन्छ। ५० लाखभन्दा बढी किसानले दशैंका लागि आफैं मासु उत्पादन गर्न खसी, कुखुरा, बंगुर, राँगा पालेका हुन्छन्। दशैंमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसी बोका र च्याङग्राको नौ करोड १९ लाख ६ हजार किलो मासु खपत हुन्छ।

वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न पनि सहयोग हुने बताएका छन्। एक नयाँ अध्ययनअनुसार विश्वव्यापी रूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ। उक्त अध्ययनका शोधकर्ता तथा बोन विश्वविद्यालयका प्राध्यापक डा. मतिन काइमका अनुसार सबै मानिसले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन्।

‘एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्स’मा प्रकाशित अध्ययन प्रतिवेदनमा प्राध्यापक काइमले भनेअनुसार हामीले मासु खपतलाई आधा घटाउनुपर्छ– बर्सेनि २० किलो वा त्यसभन्दा कम। ‘आवर वल्र्ड डेटा डट ओआरजी’का अनुसार ठूला चौपायाको मासुले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्छ। गाईवस्तु पाल्न र खेती गर्न आवश्यक पर्ने सामग्रीका कारण यस्तो भएको हो। मासुको खपत कम गर्दा हरितगृह ग्यास उत्सर्जन, वन विनाश र माटोको क्षय घटाउनुका साथै जमिन, पानीको ठूलो मात्रामा बचत हुन्छ। र, जैविक विविधतामा वृद्धि हुन्छ।

‘आवर वल्र्ड डेटा’का अनुसार एक किलो मासु उत्पादन गर्दा १० देखि ५० किलो वा त्यसभन्दा बढी कार्बन उत्सर्जन हुन्छ। हामीले दशैंमा उपभोग गर्ने ९ करोड १९ लाख ६ हजार किलो मासुले कति कार्बन उत्सर्जन गर्ला त ? अनुमान लाउन सकिन्छ।

वातावरण जोगाउन के गर्ने ?

पूर्वसचिव कोइरालाका अनुसार कार्बन उत्सर्जन कम गर्न हामीले आफ्नो आनीबानी र खानपानमा सुधार गर्नु आवश्यक छ, जसले जलवायु परिवर्तनविरुद्ध लड्न मद्दत पुग्छ। पैदल हिँडेर पुग्ने ठाउँमा सवारी साधनको प्रयोग नगर्ने, सकेसम्म साइकलमा यात्रा गर्ने र यात्रा गर्नै परे सार्वजनिक यातायातको प्रयोग गर्नुपर्छ। एक ठाउँबाट अर्काे ठाउँमा लामो यात्रा गरेर खाद्यान्न ढुवानी हुँदा पनि कार्बन उत्सर्जन हुने भएकाले स्थानीयस्तरमा उत्पादित कृषि उपजहरु स्थानीयस्तरमै बिक्री वितरण गर्ने व्यवस्था गर्नु आवश्यक छ। राज्य, सरकारी तथा गैरसरकारी संघसस्थाले चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको कोइराला बताउँछन्।

शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.