• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

हल भर्सेस ओटीटी : धमाधम फ्लप हुँदै फिल्म !


आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

काठमाडौं- कोभिड-१९ महामारीपछि भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा बेहोर्नुपर्‍यो। बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन्। दक्षिण भारतमा बन्ने तमिल, तेलगु, कन्नडा फिल्मले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ। दर्शक ओटीटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारलगायतमा रमाउन थालेका छन्।

Advertisement

फिल्म हल पुग्ने समय र खर्चले ओटीटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ। नेपालमा पनि त्यस्तै देखियो। यहाँ ओटीटीको प्रभाव नभए पनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो। शुरुवाती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममै दर्शक देखिएनन्। ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए।

प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ ले न्यून शुरुवात गर्‍यो। उनले अभिनय गरेको पछिल्लो फिल्मको तथ्यांक हेर्ने हो भने शुरुवाती दिनमै व्यापार राम्रो हुन्थ्यो। समीक्षा आएपछि दर्शकको संख्यामा घटबढ त हुन्छ। यसपटक दर्शक शुरुमै आएनन्। यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाबाट निस्किएर ‘प्रकाश’ बनेका थिए। जुम्लाको एक गाउँले युवकमा उनलाई देखियो। उनको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन, जसका कारण कारण दर्शक नै आएनन्।

अभिनेता खगेद्र लामिछानेका ‘टलक जंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’जस्ता फिल्म दर्शकले मन पराएका थिए। उनीप्रति एउटा वर्ग विश्वस्त छ। उनले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरूको टिप्पणी छ। उनी ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आए। रचनात्मक पक्षमा आफैंले मूल्यांकन गरेर तयार गरेको फिल्म हेर्नेको संख्या भने न्यून छ।

गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ। प्रदर्शित फिल्मले प्रचारप्रसार गरेबापतको खर्चसमेत उठाउन सकेनन्। दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिनुभन्दा पनि हलसम्मै नआएका फिल्मले यो क्षति बेहोर्नुपर्‍यो। अभिनेताका रूपमा आफ्नो पहिचान स्थापित गरेका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’मार्फत निर्माता बने। फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उनी बताउँछन्।

दर्शकले स्वीकारेका सौगात पनि असफल भए। उनको फिल्म एकसाता नबित्दै हलबाट निकालियो। किनकि, दर्शकको उपस्थिति न्यून थियो। सौगातले कलाकारिता गरेर आर्जन गरेको रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आएनन्।

यी उदाहरण मात्र हुन्। ‘कबड्डी*४’ बाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेका छैनन्। ‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेका हुन सक्छन्।

बलिउडको पनि अवस्था यस्तै छ। साउथ इन्डियामा बनेका पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडका २-३ फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए। अक्षय कुमार, आमिर खानजस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ।

लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउँछन्। प्रायः शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महँगिएको बताउँछन्। ‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ, त्यसभन्दा बढी खानेकुरामा हुने गरेको छ। टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ। जसले दर्शक फिल्म प्रति विश्वस्त नभएसम्म हलसम्म आएका छैनन्,’ उनले भने।

भारतमा भने ओटीटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउँछन्। ‘हलमा जाँदा हुने खर्च बढिरहेको छ नै, हामीले ओटीटी अप्सन पाएका छौं। हलमा रिलिज भएको आठ साताभित्र ओटीटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाइ यस्तै छ,’ उनले भने। निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिए। ‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्थे। अहिले मोबाइलमा ओटीटीमा आएको फिल्म हेरेको पाउँछु। उनी बिदामा हल जान्थे फिल्म हेर्न तर अहिले ओटीटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्छन्,’ उनले भने।

दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सघका पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउँछन्। ‘आर्थिक मन्दीले असर गरिरहेको छ। आइरहेका फिल्ममा नयाँपन पाइएको छैन। लकडाउनपछि नेपालमा पनि ओटीटी प्रयोगकर्ता बढेकाले दर्शक हलमा कम देखिएका हुन्,’ उनले भने। मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे दर्शकलाई आकर्षण गरेर हलमा ल्याउन गाह्रो हुने उनी बताउँछन्।

आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.