काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयमा अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न गरेकी छन् ।
Advertisement
उनले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडी दोषी प्रमाणित हुनुअगाडि नै कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको बताएकी हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनिन्, ‘अपराधिले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानविनकै क्रममा रहेको विषयमाथि दोषि नै भएजसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’
उनको स्टाटसमा धेरैले रिमाको समर्थन गरेका छन् ।