काडमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकमा दुई वयस्क र तीन बालबालिका छन् ।
Advertisement
सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए ।
जानकारीपछि सुरक्षा अधिकारी सो निवासमा प्रवेश गर्दा मृतकको शव विभिन्न स्थानमा फेला पारेका थिए । ‘यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,’ सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारलाई बताएका छन् ।
घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् ।