• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

एक ‘कर्पोरेट मेयर : जो जनचाहनाले नगर प्रमुखमा दोहोरिए


बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

काठमाडौं- मुलुकका ७५३ पालिकाका प्रमुखमध्ये पाँचखाल नगरपालिकाका महेश खरेल ‘कर्पोरेट मेयर’का रूपमा चर्चित छन्। उनै खरेल ‘शासक होइन, सेवक हौं’ भन्‍ने नाराका साथ अघि बढिरहेका छन्।

Advertisement

करिब १४ वर्ष अमेरिका बसेका खरेलले चाहेको भए उतै सुखसयलमा विलासी जीवनयापन गर्न सक्थे। तर, उनले आफ्नो माटो, आफू जन्मिएको, हुर्किएको, पढेलेखेको गाउँठाउँ रोजे।

अमेरिकामा दुःखसुख गरेर बसिरहेका खरेललाई पछिल्लो समय स्वदेशमै गएर देशको सेवा गर्ने चाहा बढ्यो। सोही चाहनाअनुसार उनी स्वदेश आए। ०५४ सालमा उच्च शिक्षाका लागि अमेरिका पुगेका खरेल ०६७ सालमा नेपाल फर्किएका हुन्। उनको स्वदेश आउनुको एउटै उद्देश्य, देशको सेवा गर्ने।

‘नेपालमै केही गर्ने हुटहुटी थियो। मान्छेहरू अमेरिकालाई अवसरको ठाउँ भन्छन्। तर, म भन्छु, नेपाल इज द ल्यान्ड अफ अपर्चुनिटी,’ उनी भन्छन्, ‘नेपालमा जुन क्षेत्रमा छिरे पनि कामैकाम छ। मैले अमेरिकाबाट कमाएर ल्याएको केही पैसा मज्जाले फिक्स्ड डिपोजिटमा राख्‍न सक्थें। तर, मैले नेपालमा अवसर देखें र त्यो पुँजी लगानी गर्दै यहाँसम्म आइपुगें।’

खरेलले नेपालमै धेरै अवसर देखे। स्वदेश आएपछि उनले केही समय पुलिस क्लबमा रहेको हेल्थ क्लब चलाए। त्यससँगै साथीहरूसँग मिलेर बानेश्वर कात्यायानी चोकमा ‘आनन्द इभेन्ट्स’ खोले।

उनले रेस्टुराँ, आनन्द ब्यांकेट, सोलार कम्पनीदेखि धुलिखेलमा माछापालन व्यवसायसम्म लगानी विस्तार गरेका छन्। व्यवसायमा सुनौलो भविष्‍य देखेका खरेल अन्य युवाका प्रेरणाका स्रोत बनेका छन्। उनी विदेश जानुभन्दा सीप सिकेर नेपालमै केही गर्नुपर्नेमा सधैं जोड दिन्छन्।

व्यावसायिक यात्रामा सफलता मिल्दै गएपछि मेयर खरेल राजनीतिक यात्रामा पनि एक सफल युवा नेताका रूपमा कहलिएका छन्। एमालेको गढ मानिने पाँचखालबाट उनी पहिलोपटक एमालेकै उम्मेदवारलाई पराजित गर्दै ०७४ सालको पालिका चुनावमा नगर प्रमुख चुनिए।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खरेलले सात हजार ३५६ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुद्र बानियाँले ६ हजार ८०० मत प्राप्त गरेका थिए।

पहिलो कार्यकाल सफल भएकै कारण खरेल ३० वैशाखमा सम्पन्‍न पालिका चुनावमा पुनः नगर प्रमुख चुनिएका छन्। यसपटक खरेल अझै फराकिलो मतका साथ विजयी भए। खरेलले १२ हजार ८३६ मत ल्याएर जिते भने एमालेका कञ्‍चन अधिकारीले आठ हजार ११५ मत पाए।

राजनीतिलाई पेशा नभई सेवाका रूपमा लिनुपर्ने खरलेको मान्यता छ। ‘राजनीति भनेको सेवा भावले गर्ने हो। यो पेशा होइन भन्‍ने मूल्य मान्यता स्थापना गर्नका लागि म राजनीतिमा होमिएको छु,’ उनी थप्छन्, ‘अमेरिकामा बस्दा प्रायः सबैखाले कामहरू गरें। त्यहाँ सानो-ठूलो भन्‍ने काम हुँदैन। अमेरिकाबाट फर्किएपछि राजनीतिक करिअरसँगै रोजगारी सिर्जनामै समय व्यतीत गरिरहेको छु।’

राजनीतिक यात्रा

२०३४ सालमा पाँचखाल-११ खरेलथोकमा जन्मिएका खरेल नगर प्रमुखका रूपमा पहिलो सफल कार्यकालपछि दोस्रो कार्यकालमा हिँडिरहेका छन्। पाँचखालमा जन्मिएका उनका लागि स्वदेश-विदेशसम्म अध्ययनको सिलसिला त्यति सहज थिएन। ०५० सालमा श्रीभगवती माविबाट एसएलसी दिएका खरेल उच्च शिक्षाका लागि काठमाडौं आए।

तर, उनले काठमाडौंमा अध्ययन पूरा नगरी भारतस्थित विवेकानन्द कलेजबाट प्लस टु उत्तीर्ण गरे। त्यसपछि उनले अमेरिकाको युनिभर्ससिटी अफ सेन्ट्रल ओक्लाहोमाबाट स्नातक तह उत्तीर्ण गरे। प्लस टु उत्तीर्ण गरेलगत्तै उनी उच्च शिक्षाका लागि ०५४ सालमा अमेरिका उडेका थिए। अमेरिकामा उनले बीबीएको पढाइसँगै कामलाई निरन्तरता दिए। काम गर्दैगर्दा सधैं अरूको काम गरेर प्रगति नहुने रहेछ भन्‍ने महसुश गरेर अमेरिकामै आफ्नै व्यवसाय शुरु गरे।

उनले नर्थ इस्ट मलमा क्यानाडाबाट स्लिपर र पर्फ्युम झिकाएर कारोबार शुरु गरेका थिए। स्टोरहरू लिजमा लिएर व्यवसाय अघि बढाए। १६ वटा पम्पसहितको ग्यास स्टेसनदेखि मनी सर्भिससम्बन्धी व्यवसाय खरेलले सम्हाले।

युनिभर्सिटी अफ सेन्ट्रल ओक्लोहामाबाट बीबीए पूरा गरेसँगै उद्यमशीलतासम्बन्धी विषय लिएर उनले एमबीए पनि अमेरिकाबाटै पूरा गरी नेपाल फर्किएका हुन्। ‘अमेरिकामा बस्दा पैसा र पढाइ दुवै कुराले पुगेको महशुस भएपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्‍ने लाग्यो,’ उनी भन्छन्, ‘आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्‍ने भावले नै नेपाल फर्किएको हुँ। तर, नेपाल फर्किएपछि तुरुन्तै राजनीति गर्छु भन्‍ने सोचेको थिइनँ।’

उसो त, खरेल राजनीतिक पारिवारिक माहोलमै हुर्किएका हुन्। उनका बुवा राजेन्द्र खरेलले पञ्‍चायतकालमा पटक-पटक जेल जीवन बिताएका थिए। नैतिकवान् नेताहरूमध्ये एकमा गणना हुन्छन्, राजेन्द्र खरेल। राजेन्द्र खरेलका धेरै सपना थिए। केही सपना उनले आफ्नै बलमा पूरा गरे। अहिले उनका बाँकी सपना पूरा गर्न लागि परेका छन्, छोरा महेश।

अमेरिकाबाट फर्केपछि तत्कालै राजनीति गर्ने सोच नबनाए पनि स्थानीयवासीको मागका कारण आफू राजनीतिमा प्रवेश गरेको महेश बताउँछन्। ‘मेयर नै हुन्छु भन्‍ने थिएन तर समय, परिस्थितले हुन गएँ। म जन्मेको गाउँ पाँचखालमा गाभिएको थिएन। ०७४ सालको चुनाव हुनुभन्दा दुई महिना अगाडि मात्र नगरपालिकामा गाभियो। त्यसलगत्तै परिवार, साथीहरू, सर्वसाधारणलगायत सबैले महेश खरेल नै मेयर बन्‍नुपर्छ भनेर चौतर्फी दबाव दिनुभयो,’ उनी भन्छन्, ‘म भर्खर अमेरिकाबाट फर्केको पनि थिएँ। सबैको आग्रहलाई शिरोपर गर्दै चुनाव लडेको थिएँ।’

पहिलो कार्यकाल नै बन्यो कोसेढुंगा

२०७६-०७७ मा वागमती प्रदेश सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा पाँचखाललाई उत्कृष्‍ट नगरपालिका घोषणा गरेर सम्मान गर्दा जति चर्चा भएको थियो, त्यसभन्दा बढी युवा नेता खरेलको चौतर्फी चर्चा चुलियो।

निर्वाचनबाट नेतृत्वमा आएसँगै शुरुमै तलबभत्ता नलिने घोषणा गरेका खरेलको कार्यकालमा पाँचखालको ठूलो समस्याका रूपमा रहेको खानेपानीको समस्या समाधान गरे। ‘पाँचखाललाई खानेपानीको समस्याबाट बाहिर निस्कनका लागि पहिलो कार्यकालको पहिलो वर्ष नै नगर विकास कोष र एसियाली विकास बैंक (एडीबी)मा प्रस्ताव हालेर सवा दुई अर्बको ‘स्मल टाउन वाटर प्रोजेक्ट’ पाँचखालमा ल्याउन सफल भयौं,’ उनी भन्छन्।

अहिले उक्त प्रोजेक्टको लगभग ८० प्रतिशत काम सकिएको छ। डब्लूएचओ स्टान्डर्ड पूरा गरेर केही समयपछि घर-घरमा पानी आउने उनको भनाइ छ। यस्तै, खरेलले पाँचखाललाई ‘एजुकेसन-हब’ बनाउने अभियानमा विभिन्‍न शैक्षिक संस्थाहरूसँग सहकार्यसमेत गरेका छन्।

अनेकोटमा काठमाडौं विश्वविद्यालयको कृषि संकाय सञ्‍चालन गर्न ५०० रोपनी जग्गा उपलब्ध गराइएको छ भने नगरपालिकाले अस्थायी रूपमा उपलब्ध गराएको भवनमा कृषि तथा आर्टिफिसियल इन्टेलिजेन्स संकायको पढाइ नै शुरु भइसकेको छ, जहाँ १०० भन्दा बढी विद्यार्थीहरू भर्ना भएका छन्।

पाँचखालको शिक्षा क्षेत्रको स्तरोन्‍नतिका लागि नगरपालिकाले अंग्रेजी तथा कम्प्युटर शिक्षक १० वटा विद्यालयमा व्यवस्था गरेको छ। सेवानिवृत्त हुन चाहेका ५० वर्ष उमेर कटेका ११ शिक्षकलाई सुनौलो अवकाश योजनाबाट प्रोत्साहन रकम व्यवस्था गरेर सुविधा दिइएको छ। बालविकास सहजकर्ताको पारिश्रमिक १५ हजार पुर्‍याइएको छ।

विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीको तलबमा दुई हजार थप गर्ने काम भएको खरेलको भनाइ छ। ‘एक विद्यालय एक पार्क (बाल उद्यान निर्माण) गर्न साझेदारी कार्यक्रम गरिएको छ। जसमा तीन विद्यालय छनोट गरेका छौं,’ उनी भन्छन्।

यससँगै खरेलले पाँचखाललाई काठमाडौंको फुड बैंकको रूपमा हेरेका छन्। खरेलले पाँचखाललाई नमूना नगर बनाउने उद्देश्य बोकेका छन्। भन्छन्, ‘कुनै समय पाँचखालको तरकारीमा अत्यधिक विषादीको प्रयोग हुन्छ भनेर बदनाम गर्न खोजियो। तर, कृषि ज्ञान केन्द्र र कालीमाटी तरकारी बजारको समन्वयमा पाँचखालमा उत्पादिन तरकारीको विषादी परीक्षण गर्दा खानयोग्य सावित भएको छ। अन्यत्रको तरकारीभन्दा कम विषादी प्रयोग भएको पाइएको छ।’ कृषिसम्बन्धी तथ्यांक चाँडै सार्वजनिक गरिने उनी बताउँछन्।

उनका अनुसार ‘कृषि शहर पाँचखाल नगर’ भन्‍ने मूल नाराअन्तर्गत पाँच वर्षमा नगरपालिकाको कृषि विकास शाखाले तीन हजार कृषकको माटो परीक्षण तथा प्रदेश सरकार, ‘लभ ग्रिन नेपाल’ र पाँचखाल नगरपालिकाको सहयोगमा कृषि शाखाबाट १३ वटै वडाको माटो परीक्षण गरिएको छ भने माटोको गुणस्तर सुधार्नका लागि दुई लाख २५ हजार किलो कृषि चुन वितरण गरिएको छ।

कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण, व्यावसायीकरणको लागि विभिन्‍न कामहरू गरिएको छ। यान्त्रीकरणलाई जोड्दै नगरभित्र एक हजारभन्दा बढी हाते ट्«्याक्टर सहुलियतमा कृषकहरूलाई वितरण गरिएको छ। यससँगै नगरपालिकाले ७०० अगुवा कृषकहरूलाई आईपीएम पाठशालामा तालिमसमेत दिइसकेको छ।

खरेलको पहिलो पाँचवर्षे कार्यकालमा पाँचखालले शिक्षा, स्वास्थ्य र कृषिमा धेरै नै फड्को मारेको छ।

कोरोना संक्रमणको बेला पाँचखालले नमूना काम गर्‍यो, जसको सिको अन्य पालिकाहरूले पनि गरेका छन्। काभ्रेमै पहिलोपटक डाक्टरसहितको आइसोलेसन सञ्‍चालन गरेर १०० भन्दा बढी कोरोना बिरामीको उपचार गरिएको थियो। यसका साथै नगरले निःशुल्क एम्बुलेन्स सेवा र औषधि उपचार गरेको छ।

कोभिड भएर होम आइसोलसनमा बसेका बिरामीहरूलाई घर-घर पुगेर औषधि र उपचार सेवा प्रदान गरिएको थियो। साथै, पुनः समस्या नपरोस् भनेर नगरमा अक्सिजन कन्सन्टेटर बैंक पनि स्थापना गरिएको छ।

पी-२० भिजनअन्तर्गत पाँचखालमा पाँचवटा स्मार्ट शहर बनाउने क्रममा पहिलो कोशेढुंगाको रूपमा पहिलो शहर निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सँग सम्झौतामा हस्ताक्षर भएपछि योजना अगाडि बढाइएको छ।

खरेलका अनुसार काफ्लेडी, लाम्डी र तीन पिप्ले क्षेत्रको भूभाग समेटेर दुई अर्ब ५० करोडको लगानीमा पाँच हजार रोपनीमा पहिलो स्मार्टसिटी बन्‍ने तयारीमा छ। हाल स्मार्टसिटीका लागि डीपीआरको काम भइरहेको उनी बताउँछन्। भन्छन्, ‘भविष्‍यमा पाँचखाल नाम किन रह्यो भनेर कसैलाई सोच आयो भने पाँचवटा ‘ड्रिम सिटी’ भएको शहर भनेर सयौं वर्षसम्म मानिसहरूले सम्झिउन् भन्‍ने चाहना छ।’

उनका अनुसार ढलरहित पाँचखाल बनाउनका लागि नगरपालिकाले घर-घरको नक्सा पास गरेर सेफ्टी ट्यांकी अनिवार्य गरेको छ। सँगै नगरपालिकाले प्रत्येक वडामा कालोपत्रे बाटो बनाइएको छ।

नगर प्रमुखका रूपमा शपथ लिँदा खरेलले टिनले बनेको घरमा लिएका थिए। हेर्दाहेर्दै उनको पहिलो कार्यकालमा ३५ प्रतिशतभन्दा कम लागतमा तीन तलाको पक्की प्रशासनिक भवन बनिसकेको छ।

नगरपालिकाले वृद्धवृद्धाहरूको मुहारमा हाँसो फर्काउनका लागि निःशुल्क दाँत हाल्ने अभियान चलाएर निरन्तरता दिएका छन्। गत वर्ष ७४ जना वृद्धवृद्धाको दाँत हालिएको थियो। मोती बिन्दुको निःशुल्क शल्यक्रिया गर्ने अभियानलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ। र, यी काम अन्य नगरपालिकाले पनि शुरु गरेका छन्।

‘हामीले गरेको रचनात्मक कुरामा अन्य पालिकाले पनि अनुशरण गरेको देख्दा खुशी लाग्छ,’ उनी भन्छन्, ‘महिलाहरूको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ गर्ने कार्यक्रम ल्याइएको छ। शिक्षामा पनि विभिन्‍न कार्यक्रमहरू अगाडि बढाइएको छ। हाम्रो कामको अनुशरण अन्य नगरपालिकाले गरेको देख्दा साँच्चै राम्रो भइरहेको अनुभव हुन्छ। राम्रो कामलाई सबैले निरन्तरता दिनु खुशीको कुरा हो।’

उत्कृष्‍ट जनप्रतिधिका रूपमा काम गरिरहेका उनी व्यावसायिक पाटोलाई पनि सँगै अगाडि बढाइरहेका छन्। उनका हरेक व्यवसायमा साथीहरूको पनि लगानी छ। सबैजना मिलेर व्यवसायलाई अगाडि बढाइरहेका छन्। व्यवसायको पाटो साथीहरूको जिम्मा दिएर उनी जनताको सेवामा समर्पित छन्।

उनी संलग्न सोलार इकोपावर कम्पनीलगायत अन्य व्यवसायमा करिब एक सयभन्दा बढी युवालाई रोजगारी दिइएको छ। भन्छन्, ‘नेपालमै धेरै अवसर छन्। पछिल्लो समय विदेश जानेको लहर पनि एकदमै बढी छ। तर, विदेश जानुभन्दा अगाडि नेपालमै केही गर्ने प्रयास गर्नुपर्छ। हामीले युवाकै लागि भनेर विभिन्‍न अवसर पनि ल्याएका छौं। विदेश गएका युवाले पनि विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न जरुरी छ।’

खरेलका सपनाहरू धेरै छन्। समयसँगै ती सपनालाई साकार पार्न दिनरात खटिरहेका छन्, उनी। ‘देशलाई बनाउनेतर्फ मेरो पहिलो खुट्किलो पार गरेको छु। यहाँ सुशासन कायम गर्न हरदम लागि पर्नेछु। अगामी दिनमा पनि निरन्तर देश र जनताको सेवामा खटिरहने चाहना छ,’ उनी भन्छन्।

उनका अनुसार आजकाल धेरै जनालाई सरकारी काम र सरकारी कार्यालय भनेपछि झण्झट महसुश हुन्छ। भन्छन्, ‘सरकारी काम गर्दा यो भएन, त्यो भएन भनेर जनतालाई धेरै दुःख दिएको देखिन्छ। सरकारी कार्यालयका कामहरू चुस्त, दुरुस्त बनाउनतर्फ मेरो ध्यान रहनेछ।’

उनका अनुसार पछिल्लो समय नेपाली राजनीतिमा परिवर्तन देखिएको छ। युवा राजनीतितर्फ अग्रसर भइरहेको बेला खरेल चुनावमा जितेका युवा नेताहरू र उम्मेदवारी घोषणा गरेकाहरूलाई शुभेच्छा व्यक्त गर्छन्। राजनीति र राजनीतिक दलहरूमा कायम भएको सिन्डिकेट तोड्नका लागि युवाको खाँचो रहेको उनको बुझाइ छ।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य बढ्यो

  • २.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.