काठमाडाैं : राजधानीमा जारी छैठौं संस्करणको महिला महिला च्याम्पियनसीपमा नेपालले जित हासिल गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएकाे प्रतियाेगितामा नेपालले भुटानमाथि ४-०काे जित निकालेकाे हाे।
नेपालकाे जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले २/२ गाेल गरेका छन। नेपालले पहिलाे हाफमा १ र दाेस्राे हाफमा ३ गाेल गरेकाे हाे।
१२औं मिनेटमा सावित्राले गाेल गर्दै नेपाललाई अग्रता दिलाईन् भने ६७ औं मिनेटमा अग्रता दोब्बर बनाईन्। यस्तै खेलको ७३ औं र ८४ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ४–० को फराकिलो अन्तरले जित दिलाइन।
साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन्।