काठमाडौं- निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ।
Advertisement
निर्वाचन आयोगले सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो।
४ मंसिरमा हुने संघीय र प्रदेश चुनावमा भाग लिन आजदेखि १२ भदौसम्म तीन दिनभित्र समानुपातिकतर्फ दल दर्ता निवेदन गरिसक्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ। निर्वाचन प्रयोजनका लागि ८४ वटा पार्टीले आयोगमा दल दर्ता गरिसकेका छन्।