• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

अदितीको अभिनय निखार्दै आउँदैछ ‘बाबरी’


शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

काठमाडौं- ‘बाबरी रंगमा रंगिएर’, ‘चुलबुल–चुलबुल, चुलबुले बानी तिम्रो त’लगायत चर्चित गीत समावेश चलचित्र ‘बाबरी’ दशैंका दर्शकलाई लक्षित गर्दै प्रदर्शन हुँदैछ। सिनेमा हलमा आउनुअघि नै ‘बाबरी’का गीतले बजार पिटिसकेका छन्।

Advertisement

आगामी १४ असोजमा प्रदर्शन हुने तय भएको चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी, अभिनेता धीरज मगर र धीरज नाडकर तथा कमलमणि नेपाल, बादल भट्ट, उर्मिला बस्नेतलगायतको अभिनय देख्न पाइने छ।

अभिनेत्री बुढाथोकीले आफ्नो दोस्रो सिनेमाबाट दर्शकको अपार माया पाउने अपेक्षा गरेकी छन्। उनको होम प्रोडक्सनको सिनेमा हो, ‘बाबरी’। र, होम प्रोडक्सन ‘बाबरी फिल्मस्’को पहिलो चलचित्र पनि हो यो। उनका बुवा गणेश बुढाथोकी र आमा पुष्पलताले छोरीको करिअर उजिल्याउन योगदान दिएका छन्, होम प्रोडक्सनमार्फत। यस चलचित्रको निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।

नेपाली हेडलाइनसँग कुराकानी गर्दै अदितीले भनिन्, ‘यो चलचित्र मनोरञ्जन र त्रिकोणात्मक प्रेमकथामा आधारित छ। चलचित्र हेरेर दर्शकले प्रशस्त मनोरञ्जन लिन सक्नु हुनेछ। तीन जनाबीचको प्रेम सम्बन्धको कथामा घुमेको छ, चलचित्र।’

‘बाबरी’ अदितीको दोस्रो सिनेमा हो। आफ्नो डेब्यु चलचित्र ‘कृ’मा उनी साधारण गाउँले युवतीको भूमिकामा देखिएकी थिइन्। ‘बाबरी’मा भने निडर, जे ठान्छ त्यही गरेरै छाड्ने जिद्दी केटीको भूमिकमा आफू रहेको अदितीले बताइन्।

‘कोभिडका कारणले पहिलोभन्दा दोस्रो चलचित्रको तयारी राम्रोसँग गर्न पाएँ। अभिनयमा अझ निखार ल्याएकी छु,’ उनले भनिन्, ‘त्यसैले बाबरीबाट धेरै आशा राखेकी छु।’

चलचित्रको ५० प्रतिशत छायांकन सिक्किममा गरिएको छ। र, नेपालमा मोरङको लेटाङ र इलामका दृश्य समेटिएका छन्।

‘आईटी’की स्नातक अदिती प्रतिभावान अभिनेत्री हुन्। मोडलिङमा जमेपछि अभिनय यात्रामा अगाडि बढेकी हुन्। मोडलिङ गर्दा गर्दै उनी करिअरलाई उचाइ दिन मुम्बई पुगिन्। भारतमा उनले अभिनय गरेका म्युजिक भिडियो ‘स्टेप कट’ र वेब सिरिज ‘इन्साइड एज २’ चर्चितमध्येका हुन्। यस्तै, सन् २०१३ मा उनले बेस्ट स्किन विधामा ‘जोय पपया ग्ल्यामहन्ट अवार्ड’ जितेकी थिइन्। मोडलिङमा छँदा उनी ‘नभ्यता’, ‘नारी’, ‘एम एन्ड एस’लगायत म्यागेजिनमा देखिएकी थिइन्। अनि, ‘अमेजन’, ‘ब्लिन्ज’लगायत सपिङ स्टोरहरूमा पनि उनी देखिइसकेकी छन्।

यस चलचित्रमा अभिनेत्री तृप्ती नाडकरका सुपुत्र धीरज नाडकरको पनि अभिनय देख्न पाइने छ। धीरज नाडकरको यो ‘डेब्यू’ सिनेमा हो। ‘नेपाल मेरो दोस्रो घर हो। यहींबाट चलचित्रमा डेब्यू गर्न पाउँदा मेरो खुशीको सीमा छैन,’ धीरजले नेपाली हेडलाइनसँग भने।

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.