काठमाडौँ । हाँस्य कलाकार हरिवंश आचार्य पुनः हजुर बुवा बनेका छन् । उनका कान्छा छोरा र बुहारीलाई पुत्री लाभ भएसँगै आचार्य हजुर बुवा बनेका हुन् ।
Advertisement
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै आफू हजुर बुवा बनेको जानकारी दिएका हुन् । ‘घरमा लक्ष्मीको आगमन भएको छ, हामी फेरि हजुर बुवा, हजुर आमा भएका छौँ,’ उनले भनेका छन्, ‘छोरा मोहित र बुहारी बिन्दुलाई पुत्री लाभ भएको छ, बच्चा आमा दुवैको स्वास्थ्य राम्रो छ ।’
मोहित र विन्दूलाई पहिलो सन्तान लाभ भएको हो । आचार्य जेठा छोरा त्रिलोकका तर्फबाट पहिलोपटक हजुर बुवा बनेका थिए ।