काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एक शिखर सम्मेलन सहभागी हुन इरानको राजधानी तेहरान जाने भएका छन् ।
पुटिनको भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ । तेहरानमा उनले इरानी र टर्कीका समकक्षी इब्राहिम रायसी र रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिने छन् ।
युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो । ज उनको भ्रमणले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काएको छ ।
रुसले युक्रेनमाथि सैन्य हमला गरेसँगै इरान र रुस दुवैले पश्चिमी देशहरूको प्रतिबन्ध सामना गरिरहेका छन् ।
बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नुसमेत रहेको छ ।
सायद यसैले सोमबार अमेरिकाले रुसलाई तेहरानले सयौँ ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो । यससँगै अमेरिकालाई तनाव उत्पन्न भएको छ ।