भरतपुर- सुपक अधिकारीको ‘दोहोरो मादल’ गीतले चर्चा बटुलेको छ।
पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका अधिकारीले जनजाति (गुरुङ र मगर) समुदायलाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीतको सार्वजनिक गरेका थिए। अधिकारीको शब्द रहेको यो गीतमा खेम सेन्चुरी र मनिला पुनले स्वर दिएका छन्। भिडियोमा दुर्गेश थापा, स्मारिका ढकाल र सामरिक ढकालको मुख्य अभिनयलाई दर्शकले रुचाएका छन्। गीतामा याम थापा मगरले संगीत तथा एरेन्ज गरेका छन्।
अधिकारीको आफ्नै युट्युब च्यानल निर्वाण प्लसबाट एक साताअघि सार्वजनिक भएको गीतमा ७ लाख भ्युज नाघेको छ। सामाजिक सञ्जाल टिकटकमा गीत मन पराउनेहरू बढ्दै गएका छन्।
एक दशकदेखि पढाइ र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय छन्। हालै ‘गड्यो प्यार दिलमा’, ‘पैसा हैन माया’, ‘आयो आयो’ लगायत गीत सार्वजनिक गरेका अधिकारीले निरन्तर आफ्नो नयाँ सिर्जना आउने क्रममा रहेको बताए।