काठमाडौँ । विश्वका सर्वाधिक धनी एलोन मस्कका बुबा एरोल मस्कले एक अन्तर्वार्तामा आफूले आफ्नी सौतेनी छोरीसँग सम्बन्धमा बनाएको बताएका छन् । उनले सौतेनी छोरी जाना बेजुइडेनहौटसँग दुई सन्तान जन्माएको समेत बताए ।
न्यूयोर्क पोष्टका अनुसार इरोल मस्क र जानाले सन् २०१७ मा पहिलो सन्तान जन्माएका थिए । जसको नाम इलियट रूसी राखेका छन् । यस्तै, दोस्रो बच्चाको बारेमा खासै उल्लेख गरिएको छैन ।
अन्तर्वार्तामा एरोलले भने, ‘हाम्रो दोस्रो बच्चा नियोजित थिएन् ।’ रूसीको जन्मपछि डेढ वर्ष सँगै बस्दा जाना दोस्रो पटक गर्भवती भएको एरोलले बताएका छन् ।
अब, एरोल र जाना छुट्टिने
एरोल र उनकी सौतेनी छोरी जानाबीच ४१ वर्षको अन्तर छ । एरोल भन्छन्, ‘आफूभन्दा कान्छी केटीसँग विवाह गर्ने पुरुषलाई केही दिनका लागि राम्रो लाग्छ, तर त्यसपछि उनीहरूले एकअर्कामा भिन्नता देख्न थाल्छन् ।’
एरोलको यो भनाइसँगै उमेरका भिन्नताका कारण उनीहरू अब सँगै नबस्ने भएका छन् ।
दोस्रो श्रीमतीकी छोरी थिइन् जाना
एरोल मस्क पेशाले इञ्जिनियर हुन् । उनले सन् १९७० मा मे हाल्डेम्यान मस्कसँग विवाह गरेका थिए । जसबाट उनका एलोन, किम्बल र टोस्का गरी तीन बच्चा जन्मिए ।
विवाहको ९ वर्षपछि सन् १९७९ मा उनले हाल्डेम्यानसँग सम्बन्धविच्छेद गरेपछि हेइड बेजुइडेनहौटसँग विवाह गरे । जसका दुई सन्तान थिए ।
एरोलले हेइडसँग विवाह गर्दा जाना चार वर्षकी थिइन् । एरोल र हेइड १८ वर्षपछि सम्बन्धविच्छेद गरे । त्यसपछि सन् २०१७ मा जाना एरोलको पहिलो बच्चाकी आमा बनेकी हु ।
एरोल र एलोनको सम्बन्ध बिग्रियो
एरोलका सबै छोराछोरीहरू बुबाले आफ्नी सौतेनी छोरीसँग सम्बन्ध राखेको र उनीबाट सन्तान जन्माएको भन्दै रिसाउँछन् ।
यद्यपि, एलोन मस्कले यस विषयमा अहिलेसम्म खुलेर बोलेका छैनन् । तर, मिडिया रिपोर्टका अनुसार एलोनको पितासँगको सम्बन्ध बिग्रिएको छ । एजेन्सी