• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

तीन तन्नेरी संगीत साधक, जसले तयार पारे ‘भानुभक्त संगीत’


बुधबार, असार २९, २०७९ मा प्रकाशित

काठमाडौं- नेपाली गीत-संगीतमा करिअर खोज्दै थिए, तीन तन्नेरी। बन्दिस परिवार अर्थात् वाणिका प्रधान, पुष्पन प्रधान र सुमित विश्वकर्मा। भोकलमा वाणिका र पुष्पन, संगीतमा सुमित। गुरु थापेका थिए, सौरोज्योति घोषलाई।

Advertisement

खर्साङ, डुबर्स र सिलिगुडीका यी तीन उत्साहीले केही नयाँ गर्ने सोच बनाए। तर, नयाँ के गर्ने ? तीनैजना तीनतिर घोत्लिए, उपाय नास्ती। गीत, संगीतका विविधताबारे छलफल थाले। केही न केही नयाँपन दिएरै छाड्ने अठोट गरे। माया, पिरतीका गीत त सबैले गाए–बजाएकै थिए, त्यसभन्दा फरक पनि गर्न सकिन्थ्यो कि !

राष्ट्रिय गानका रचनाकार भएकाले पनि भारतमा रविन्द्रनाथ ठाकुरप्रति उच्चसम्मान छ। अझ पश्चिमबंगाल राज्यका बासिन्दा त उनको गीत नगाई कुनै सांगीतिक कार्यक्रम शुरु गर्दैनन्। रविन्द्र संगीतले भारतमा मात्र होइन, विश्वमै ख्याति कमाएको छः ‘यक्ला चलो रे ……।’ शास्त्रीय भइकन पनि गहन हुन्छन् उनका सिर्जना।

रविन्द्र संगीत नगाई–नबजाई पश्चिमबंगालमा त वैवाहिक कार्यक्रम पनि अधुरो हुन्छ भनिन्छ। हुँदाहुँदा केटी हेरेर विवाहको तिथिमिति निश्चित गर्दा पनि केटालाई रविन्द्र संगीत गुनगुनाउन लगाइन्छ।

राज क्षत्री नामका एक संगीत शिक्षक एक समयमा चर्चित् थिए, डुबर्सका गाउँघरमा। किनभने उनले नेपालीभाषीमाझ भानुभक्त आचार्यलाई फरक ढंगले स्थापित गराउने प्रयास थालेका थिए। खेतबारीका कान्लाका ठूला ढुंगामा पल्टेर अरूले गरेका काम हेर्नु भानुभक्त आचार्यको दैनिकी थियो भन्ने गरिन्छ। अल्छि भानुभक्तलाई जगाएका थिए, घाँस काटेर बिक्री गर्ने मान्छे अर्थात् घाँसीले।

घाँस बिक्री वापतको रकमबाट परिवारको गुजारा चलाउने त उनको पेशा नै थियो। बचेको केही रकमले तनहुँको चुँदीरम्घामा कुवा खनाउने अभियान चलाएका थिए भनिन्छ। पेशा घाँसी नै किन नहोस्, समाजमा केही फरक काम गरेर आफ्नो नाम स्थापित गर्ने मनोकांक्षाबाट अभिप्रेरित थिए उनी। एक मध्याह्न टन्टलापुर घाममा शीतल खोजेर खेतको कान्लाको ठूलो ढुंगामा पल्टिरहेका भानुभक्तलाई तिनै घाँसीले आफ्नो जीवनको उद्देश्य बताउँछन्।

अनि भानुभक्तको हृदयपटलबाट जन्मिन्छ कविताः ‘भरजन्म घाँसतिर मन दिई धन कमायो। नाम क्यै रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो। मो भानुभक्त धनी भइकन आज यस्तो।’

संगीत शिक्षक राज क्षत्रीलाई पनि समाजमा केही नयाँ गरेर नाम कमाउने इच्छा हुँदो हो। रविन्द्र संगीतबाट अभिप्रेरित उनले डुबर्सका गाउँघरमा घाँसी कवितालाई गीतको रूप दिएर स–साना नै सही सांगीतिक कार्यक्रमहरूमा प्रवेश गराए। पुष्पनको बाल मस्तिष्कमा त्यसको गहिरो छाप प¥यो।

किनभने उनका दिदीहरूले संगीत शिक्षक क्षत्रीको सिको गरेर गाउँघरमा घाँसी कवितालाई गीतको रूप दिएका थिए। क्षत्रीले आफ्ना छात्रछात्रालाई भलिभाँति सिकाउन जो भ्याएका थिए।

एक मध्याह्न डुबर्सबाट सिलिगुडी जाँदै गर्दा बसमा फु¥यो, पुष्पनलाई केही गर्ने यो नयाँ तरिका। सिलिगुडी पुगेर वाणिका र सुमितलाई आफ्नो ‘आइडिया’ सुनाउन पुष्पन अधैर्य थिए। जसै पुष्पनको मुखबाट ‘प्रोजेक्ट’ फुस्कियो, वाणिका र सुमित खुशीले उफ्रिए। खुशी कतिसम्म भने सुमितले तत्काल त्यसको संगीत तयार पारे। उनको त्यो पहिलो म्युजिक एरेन्जमेन्ट पनि थियो।

अब सुनाउने पालो थियो, उनीहरूका संगीत गुरु सौरोज्योतीलाई, जो सन् २०१३ मा जलपाइगुडीबाट कोलकाता सरेका थिए। गाउँघरमा गुन्जिने भानुभक्तलाई तीन तन्नेरीले केही मोडिफाई गरे। गाउँघरको गायनमा आफ्नैपन थियो। त्यसलाई मोडिफाई गरेर शास्त्रीय हिसाबले नै विकास गरे। तराना, सरगम र आलापको प्रयोग गरे। संगीतका सबै रंगले सम्मान दिने उद्देश्यले नेपाली लोक धुन र बाद्यवादन समाविष्ट गरे।

सुमितले घरमै ‘बिट’ तयार पारिहाले। ट्युनलाई अझै मोडिफाइड गरे, श्लोकलाई गीतको रूप दिए। कोलकाता पुग्दा सौरोज्योतिले बीचका आलापहरू तानिदिए। एक हिसाबले आम्दानीको बलियो स्रोत नबनाइसकेका यी तन्नेरीले १५–१५ हजार भारतीय रुपैयाँ जम्मा पारे। कोलकाताको अन एयर स्टुडियोमा भानुभक्त गीतकारका रूपमा गुन्जिए। आफ्ना शिष्यहरूको फरक काम गराई देखेर सौरोज्योती दंग नपर्ने कुरै थिएन।

आफ्नो प्रोजेक्ट कमजोर नहोस् भनेर मिक्सिङ पनि डबल गराए। ‘त्यस प्रोजेक्टलाई लिएर त्यतिबेलाको पागलपन शब्दमा व्यक्त गर्न सकिंदैन,’ वाणिका भन्छिन्, ‘हामीले नेपाली संगीतमा नौलो प्रयोग गरेका थियौं।’ अहिले नेपाल, दार्जिलिङ, डुबर्स, सिक्किम र आसामसम्म गुन्जिन थालेको छ भानुभक्त संगीत। नेपालीभाषी भारतीय इलाकाका हरेक कार्यक्रमको यो अभिन्न अंग बनिसकेको छ।

नेपालमा पहिलोपटक पुष्पनले भित्र्याएका थिए यसलाई। कान्तिपुर टेलिभिजनको क्रिपा अनप्लग्ड सिजन–१ मा पहिलोपटक गाएका थिए उनले। ०७२ सालको भानु जयन्तीमा नेपाली एफएमहरूबाट भानुभक्त संगीत गुन्जिँदा वाणिकाको खुशीको सीमा थिएन। नेपालमा रिलिज गर्ने उनीहरूको चाहना पहिलोपटक पूरा भएको थियो।

दार्जिलिङको हावा नै सांगीतिक छ भन्ने गरिन्छ। हुन पनि, एक से एक प्रतिभा दिएको छ, दार्जिलिङले नेपाली संगीतमा। दार्जिलिङ, सिक्किम र मेघालयमा नेपालीभाषीको ठूलो जनसंख्या छ। तर, त्यो एकत्रित छैन, विभिन्न क्लस्टरमा छरिएको छ।

दार्जिलिङको संगीतको शुरुवात गगन गुरुङ, अम्बर गुरुङको पुस्ताले गरेको मानिन्छ। एलपी रेकर्डबाट शुरु गरेका थिए उनीहरूले। अहिले एलपी रेकर्ड हराइसक्यो भन्दा हुन्छ। दार्जिलिङको सांगीतिक इतिहासलाई ताजा बनाइराख्ने कसम खाएका छन्, यी तीन तन्नेरीले।

थुप्तेन भुटिया, उदय–मनिला सोताङ, सुक्मित गुरुङ, कुन्ती मोक्तान, शिलाबहादुर मोक्तानजस्ता नेपाली गीत–संगीतका हस्ती उनीहरूका प्रेरणाका स्रोत हुन्। दार्जिलिङका मान्छे संगीतप्रेमी छन्, प्रायः युवा गितारमा रमाउँछन्। त्यही सांगीतिक माहोलले बेलाबेलामा राम्रा प्रतिभा जन्माउँछ, जसले नेपाली गीत, संगीतको पाना भर्छन्।

गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामाको सिको गर्दै काठमाडौंलाई आधार बनाउनेहरू धेरै छन्, दार्जिलिङका। दिलमाया खाती, हीरादेवी वाइवाहरूले रेडियो नेपालबाटै भाग्य चम्काएका थिए। कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान, सुक्मित गुरुङले उनीहरूकै पथ पहिल्याए। यी तीन तन्नेरी पनि कालजयी सिर्जना पस्किन सदा तत्पर छन्।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.