कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन्। उनी सैन्य विमानमार्फत बुधबार माल्दिभ्सको राजधानी माले पुगेका छन्।
Advertisement
उनी देश छाडेर भाग्नुअघि उनको सरकारी निवास प्रदर्शनकारीले कब्जामा लिएका छन्। देश छाडेर भाग्ने पहिलो प्रयास असफल भएपछि दोस्रो प्रयासमा उनी बुधबार बिहान ३ बजे माल्दिभ्सको माले पुगेका हुन्।
राजापाक्षे भागेपछि श्रीलंकामा दशकौंदेखि जारी एक परिवारको शासन अन्त्य भएको छ। उनले १३ जुलाईमा राजीनामा दिने घोषणा पनि यसअघि गरेका थिए। उनका भाइ तथा पूर्वअर्थमन्त्री बासिल राजापाक्षे पनि देश छाडेर अमेरिका पुगेका छन्।
राष्ट्रपति भागेको खबर पाउनासाथ श्रीलंकाका जनताले राजधानी कोलम्बोको केन्द्रमा खुशी मनाएका छन्। श्रीलंकामा राजापाक्षे शासन नै अहिलेको आर्थिक बर्बादीको मुख्य कारण मानिएको छ।