काठमाडौँ । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
Advertisement
रामेछापको सुनापती गाउँपालिका ५ मा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।