• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

म्याग्दीमा खानेपानीको दुःखः आँगनमा धारा छ, पानी छैन


आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

म्याग्दी– बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन ।

Advertisement

“आँगनमा धारा भए पनि पानी आउँदैन”, उनले भनिन, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।” कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो ।

रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताए।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताए।

“ताकेता ग¥यो भने १५–२० दिन काम हुन्छ । अनि फेरि रोकिन्छ, हैरान भएका छौँ”, उनले भने, “निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो ।” खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो ।

कूल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो ।

हालसम्म एक वटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताए।

“इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ”, उनले भने, “बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु । समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ ।”

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गरेका थिए। सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । हालसम्म एक सय २० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ ।

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घर–घरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८।७ किलोमिटर छ । खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ

आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.