• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

डा. आरसी लामिछानेको ‘एप्रिसिएटिभ इन्क्‍वायरी’ सार्वजनिक (भिडियोसहित)


मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

काठमाडौं- विगत २० वर्षदेखि प्रशंसनीय खोज विधी (एप्रिसिएटिभ इन्क्‍वायरी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्‍चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको ‘एप्रिसिएटिभ इन्क्‍वायरी’ बोलको गीत सार्वजनिक भएको छ।

Advertisement

व्यक्ति तथा संस्थाहरूको सवल पक्ष तथा सफलताका कारणहरू खोजी नयाँ लक्ष्‍य निर्धारण गरेर जीवनको तथा संस्थाको नयाँ मार्गचित्र बनाई सोही मुताविक कार्य योजना बनाई कार्यान्वयन गरेमा व्यक्तिको जीवन तथा संस्थामा आमुल सकारात्मक रूपान्तरण आउँछ भन्‍ने सन्देश गीतले दिएको छ।

व्यक्ति वा संस्थामा रहेका सकारात्मक तत्त्व, सफलताका कारण तथा सफलतातर्फ उत्प्रेरणा गर्ने जीवनदायी ऊर्जा एवं भविष्‍यका चाहनाहरूको पहिचान गरी भविष्‍यको मार्गचित्र निर्माण गरी तिनलाई साकार पार्न आवश्यक पर्ने संरचना तथा कार्ययोजनाको तयार गर्ने तथा सोही मुताविक जीवन वा संस्थालाई अगाडि बढाउने विधिलाई ‘एप्रिसियटिभ इन्क्‍वायरी’ भनिन्छ।

सन् १९८८ मा अमेरिकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले यस विधिलाई प्रतिपादन गरेका थिए। डा. लामिछानेले सन् २००७ मा यसै विश्वविद्यालयवाट सर्टिफिकेसन कोर्ससमेत गरेका थिए। उनले विद्यावारिधिको क्रममा यस विधिको प्रयोगसमेत गरेका थिए।

लामो समयदेखि योजना तर्जुमा, शान्ति निर्माणकर्ता, सञ्‍चार तथा प्राकृतिक स्रोत साधन व्यवस्थापनका क्षेत्रमा योगदान दिँदै आएका डा. लामिछानेले आफूले तालिम, अनुसन्धान तथा योजना तर्जुमा प्रक्रियामा प्राप्त अनुभवहरूलाइ सँगालेर यो गीत तयार गरेको बताउँछन्। प्रशंसनीय खोजको नेपालका विभिन्‍न जिल्ला तथा अन्तर्राष्‍ट्रिय स्तरमा समेत प्रशिक्षण दिँदै आएका लामिछानेले जीवन रूपान्तरण गर्न चाहने सबैका लागि यो गीत मार्गनिर्देशक हुने बताए। ‘एप्रिसिएटिभ इन्क्‍वायरी’को सञ्‍जाल संसारभर भए पनि यस विषयको यो नै पहिलो गीत रहेको डा. लामिछाने जानकारी दिए।

‘एप्रिसिएटिभ इन्क्‍वायरी’को प्रत्येक तीन वर्षमा विश्व सम्मेलन हुने गरेको छ। सन् २००९ मा चौथो विश्व सम्मेलन नेपालमा भएको थियो भने तत्कालीन राष्‍ट्रपति डा. रामवरण यादवले सम्मेलनको उदघाटन गरेका थिए। त्यस सम्मेलनमा ४२ देशका करिब ४०० जना सहभागी थिए। डा. लामिछाने आयोजक संस्था परिकल्पना नेपालका महासचिव थिए भने सम्मेलनका संयोजक। सन् २०१२ मा बेल्जियमको गेन्ट शहरमा भएको पाँचौं सम्मेलनमा डा. लामिछाने सहभागी भएका थिए। यस्तै, सन् २०१५ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको छैटौं विश्व सम्मलेनमा अतिथि वक्ताका रूपमा सहभागी भएका थिए। सन् २०१२ मा चीनको सियान शहरमा डा. लामिछानेले नै ‘एप्रिसिएटिभ इन्क्‍वायरी’ भित्र्याएका थिए भने त्यसपछि चीनमा निरन्तरमा लामिछानेका तालिमहरू सञ्‍चालन हुँदै आएका छन्।

देशभित्र र बाहिर गरी ४०० भन्दा बढी कार्यशाला तथा तालिमहरू सञ्‍चालन गरेका डा. लामिछानेले कामको सिलसिलामै यो गीत तयार भएकोले यसले सहभागीहरूलाई विषयवस्तु बुझ्‍न सहज हुने बताए।

वरिष्‍ठ संगीतकार नरहरि प्रेमीको संगीत रहेको यस गीतमा नरहरि प्रेमी र सुजीता राई एवं साथीहरूको स्वर छ। यसअघि सकारात्मक उत्प्रेरणा जगाउने ‘हामी सबैले सक्दछौं’ र ‘खुशी हुँदै फर्कन स्वदेशमा’ तथा ‘सकारात्मक सोचेके बा’ बोलको भोजपुरी गीत सार्वजनिक भइसकेका छन्। डा. लामिछानेका गीतहरू ‘द इरिप्स’ नामक युट्युब च्यानलमा सुन्‍न सकिन्छ।

गीत हेर्नुहोस्

मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.