साउदी अरेबियाले हलिउड एनिमेटेड फिल्म ‘लाइट इयर’माथि प्रतिबन्ध लगाएको छ।
Advertisement
डिज्नी पिक्सारको उक्त फिल्ममाथि यसअघि मध्यपूर्वका अन्य मुलुकले पनि प्रतिबन्ध लगाइसकेका छन्। समलैंगिक जोडीको चुम्बनसम्बन्धी दृश्यमा ती मुलुकले आपत्ति जनाएका हुन्।
शुरुमा अमेरिकामा फिल्मका दुई महिला पात्रबीचको उक्त दृश्य हटाउन लगाइएको थियो। तर, डिज्नी पिक्सारका कर्मचारीहरूको आपत्तिका कारण पुनः उक्त दृश्य सामेल गरिएको थियो। एलजीबीटी समुदायका मुद्दालाई लिएर मध्यपूर्वमा प्रतिबन्धित हुने यो दोस्रो हलिउड सिनेमा हो।