काठमाडौं– पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोरोनाबाट ८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।