काठमाडौँ । भारतीय अभिनेता विक्की कौशलले आइफा २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
Advertisement
विक्कीले यो अवार्ड सुजित सरकारको चलचित्र ‘सरदार उधम’बाट पाएका हुन् । आफ्नो सपना पूरा गर्ने कुरा गर्दै उनले ट्रफीसहित आफ्नो तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
आइफा २०२२ मा विक्की कौशलले ‘सरदार उधम’का लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेसँगै अभिनेत्री कृति सेनले चलचित्र ‘मिमी’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।