पछिल्लो समय देखिएको मंकीपक्स २७ मुलुकमा पुगेको छ।
Advertisement
यो बिमारी फैलिएका अधिकांश मुलुक युरोपका छन्। उत्तर र दक्षिण अमेरिका, एसिया र अस्ट्रेलियामा पनि मंकीपक्सका बिरामी फेला परेका छन्।
२७ मुलुकका ४३४ जनामा यो बिमारी पुष्टि भएको छ। अन्य १३८ वटा केस अनुसन्धानका क्रममा छन्।
सबैभन्दा बढी स्पेनमा ११५ जना बिरामी फेला परेका छन्। बेलायतमा १०२, पोर्चुगलमा ७४, क्यानाडामा २६, जर्मनीमा २२, अमेरिकामा १२, यूएईमा ४, इजरायल, अस्ट्रेलिया, अर्जेन्टिना र स्विडेनमा २–२ तथा मेक्सिको र फिनल्यान्डमा १–१ जना बिरामी परेका छन्।
यस्तै, स्पेनमा ६६, क्यानाडामा ३७, नेदरल्यान्ड्समा २०, इरानमा ३, फ्रेन्च गुयना र इटालीमा २–२, बोलिभिया, इक्वेडोर, जर्मनी, आयरल्यान्ड। इजरायल, पाकिस्तान, सुडान र अमेरिकामा १–१ जनामा मिल्दोजुल्दो लक्षण देखिएको छ।