काठमाडौं- लागूऔषध प्रकरणमा चर्चित बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ दिएको छ।
Advertisement
अक्टोबर २०२१ मा आर्यन मुम्बई क्रुजको लागूऔषध मुद्दामा पक्राउ परेका थिए। ब्युरोले त्यहाँको एनडीपीएस अदालतमा दायर गरेको ६ हजार पृष्ठको चार्जसिटमा मुख्य आरोपी मानिएका आर्यनलाई सफाइ दिइएको हो।
यस मुद्दामा २ अक्टोबरमा पक्राउ परेका आर्यनलाई २६ दिनपछि जमानत मिलेको थियो। अनुसन्धानपछि आर्यनलाई ६ नोभेम्बरमा जमानत दिइएको थियो। यो मामिलामा आर्यनसहित १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
ब्युरोले अनुसन्धानमा आर्यनविरुद्ध थप प्रमाण जुटाउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।