• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?

विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

राशिफल : तुला- भाग्योदय, कन्या- विजय

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी


    Avatar photo
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

तनहुँ- मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

रानाभाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतङ्क बढ्नुको पछाडि जङ्गलभित्र पानीको स्रोतको अभाव हो । वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् ।

रानाभाटका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ स्थित सपनकोट सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–१० स्थित मलागिरि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

यस्तै, भानु नगरपालिका–१० स्थित कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ स्थित शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा पोखरी निर्माण गरिएको छ ।

रानाभाटले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाले । त्यसैलाई मध्यनजर गर्दै सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।”

पोखरी निर्माणका लागि कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई रु एक लाख सहयोग गर्ने गरेको छ । वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् ।

वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउनसके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने बाध्यता नहुने वन कार्यालयको विश्वास छ । चितुवा, हरिण, बाँदर, बँदेललगायत वन्यजन्तुले जङ्गलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ ।

 

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?
विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड
राशिफल : तुला- भाग्योदय, कन्या- विजय
दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

भर्खरै

  • १.
    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

  • २.
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ३.
    आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?

  • ४.
    विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • ५.
    राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ६.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ७.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ८.
    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.