• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ लाख वर्षअघि नै काठको घरमा बस्थे मानिस

राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

विश्‍व घटना : ५ लाख वर्षअघि नै काठको घरमा बस्थे मानिस


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

काठमाडौं- आज २० सेप्‍टेम्बर। विभिन्‍न विश्‍व घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप।

– सन् १९०४- विल्बर राइटले गरे पहिलो सर्कुलर उडान

आधुनिक हवाई जहाजका आविष्‍कारक विल्बर राइटले आजकै दिन पहिलो सर्कुलर उडान गरेका थिए। आफ्ना भाइ ओर्भिल राइटसँग मिलेर आधुनिक हवाई जहाजको आविष्‍कार गरेका हुन्। पहिलो सर्कल उडान १ मिनट १६ सेकेन्डको थियो। ‘राइट फ्लायर २’ नाम दिइएको जहाजमा उनले उडान गरेका थिए।

– सन् २००१- राष्‍ट्रपति बुसले गरे आतंकवादविरुद्ध युद्ध घोषणा

तत्कालीन अमेरिकी राष्‍ट्रपति जर्ज डब्लू बुसले आजकै दिन आतंकवादविरुद्ध विश्‍वयुद्ध घोषणा गरेका थिए। ११ सेप्‍टेम्बर २००१ मा न्युयोर्कका ट्‍विन टावरमा विमान ठोक्काएर ध्वस्त बनाइएपछि उनले युद्ध घोषणा गरेका थिए।

– सन् २०११- अमेरिकी सेनाको ‘नसोध’, ‘नबोल’ नीति अन्त्य

सन् १९९४ मा तत्कालीन राष्‍ट्रपति बिल क्लिन्टन प्रशासनले उक्त नीति स्थापित गरेको थियो। उक्त नीतिअन्तर्गत समलिंगी अमेरिकी नागरिकले सेनामा भर्ति पाउँदैनथे। त्यसैले सन् २०११ सम्म आफ्नो समलैंगिकताको बारेमा खुलासा नहुन्जेल मात्र उनीहरूले सेनामा जागिर खान पाउँथे।

– सन् २०१५- नेपालमा नयाँ संविधान

नेपालमा आजकै दिन गणतान्त्रिक नयाँ संविधान घोषणा गरिएको थियो। तत्कालीन राष्‍ट्रपति डा. रामवरण यादवले नयाँ संविधानमा हस्ताक्षर गरेर लागू गराएका थिए। नेपाली मिति बिक्रम संवतमा भने त्यस दिन ३ असोज परेको थियो।

– सन् २०१७- हुरिकेन मारियाले लियो ३ हजारको ज्यान

हुरिकेन मारियाले आजकै दिन क्यारेबियन द्विप पोर्टो रिकोमा ३ हजार जनाको ज्यान लिएको थियो। त्यसका कारण ९० अर्ब डलर बराबरको क्षति भएको अनुमान छ।

– सन् २०१८- डुंगा दुर्घटनामा मारिए २०७

सन् २०१८ मा आजकै दिन तान्जानियामा ओभरलोडेड डुंगा डुब्दा त्यसमा सवार २०७ जनाले ज्यान गुमाएका थिए। भिक्टोरिया नामक तालमा उक्त डुंगा डुबेको थियो। घटनामा एकजना मात्र बाँचेका थिए।

– सन् २०२१- कोभिडविरुद्ध सुरक्षित खोप बनाएको फाइजरको घोषणा

सन् २०२१ मा आजकै दिन अमेरिकी बहुराष्‍ट्रीय औषधि कम्पनी फाइजरले कोभिड-१९ महामारीविरुद्ध सुरक्षित खोप तयार पारेको घोषणा गरेको थियो। उक्त खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा एक तिहाइ सफल देखिएको फाइजरले बताएको थियो।

– सन् २०२३- ४ लाख ७२ हजार भेनेजुएलीले पाए काम

सन् २०२३ मा आजकै दिन अमेरिकाले आफ्नो मुलुकमा आएका भेनेजुएलाका ४ लाख ७२ हजार शरणार्थीलाई काम गर्न दिने घोषणा गरेको थियो। अमेरिकी गृह प्रशासनले उक्त घोषणा गरेको थियो।

– सन् २०२३- ५ लाख वर्षअघि नै काठको घरमा बस्थे मानिस

सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले ५ लाख वर्षअघि नै मानिसहरू काठको घरमा बस्‍ने गरेको तथ्य सार्वजनिक गरेका थिए। दक्षिण अफ्रिकी मुलुक जाम्बियाको कलम्बो फल्स नजिक भेटिएको काठको अवशेषबाट उक्त तथ्य खुलेको थियो। यसअघि ९ हजार वर्षअघि मानिसले बनाएको काठको घर मात्र फेला परेको थियो।

– सन् २०२३- ४ लाख ७२ हजार भेनेजुएलीले पाए काम

सन् २०२३ मा आजकै दिन अमेरिकाले आफ्नो मुलुकमा आएका भेनेजुएलाका ४ लाख ७२ हजार शरणार्थीलाई काम गर्न दिने घोषणा गरेको थियो। अमेरिकी गृह प्रशासनले उक्त घोषणा गरेको थियो।

– सन् २०२४- इजरायलद्वारा निहत्था बेरुतवासीको हत्यामा निरन्तरता

सन् २०२४ मा आजकै दिन बेरुतमा आक्रमण गरी निहत्था सर्वसाधारणको पनि हत्या गरेपछि विश्‍वव्यापी आलोचना भएको थियो। हवाई आक्रमणमा मारिएका ३७ जनामध्ये अधिकांश सर्वसाधारण थिए।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भर्खरै

  • १.
    क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

  • २.
    धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३.
    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

  • ४.
    रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

  • ५.
    पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त

  • ६.
    गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : ५ लाख वर्षअघि नै काठको घरमा बस्थे मानिस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.