• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
काठमाडौँ- नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारीको परिवारसँग भेटघाट गर्नुका साथै बाढीबाट प्रभावित पत्रकार कालिका खड्काप्रति समवेदना व्यक्त गरेका छन्।
भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयको भ्रमण गरेका राजदूत खानले रासस कर्मचारी खड्काका पति तथा पत्रकार टेकराज थामी भोटेकोशीको बाढीमा परी बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरे। उनले भने, “बाढीका कारण नेपाल, रासस र पत्रकार खड्काको परिवार पीडामा हुनुहुन्छ। म यस कठिन परिस्थितिमा धैर्य र संयम अपनाउन आग्रह गर्दछु।”
राजदूत खानले पत्रकार थामी बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरे। खड्काको पारिवारिक अवस्थाबारे जानकारी लिँदै उनले आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो। यस क्रममा राजदूत खानले नेपाल र पाकिस्तानबीच ऐतिहासिक तथा पारिवारिक सम्बन्ध रहेको र शैक्षिक क्षेत्रमा पनि सम्बन्ध सुदृढ रहेको उल्लेख गरे।
धेरै नेपाली युवाले पाकिस्तानमा छात्रवृत्ति पाइरहेको जानकारी दिँदै राजदूत खानले खड्काकी छोरीलाई शैक्षिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। खड्काप्रति सहानुभूति प्रकट गर्दै राजदूत खानले भने, “म आफूलाई नेपाली परिवारको सदस्यजस्तै महसुस गर्छु; आवश्यक परेमा हामी तपाईंकी छोरीको शिक्षामा सहयोग गर्नेछौँ।”
रासस कार्यालयको अवलोकन
भ्रमणका क्रममा राजदूत खानले रासस संग्रहालयको अवलोकन गरे र पत्रकारिताको क्षेत्रमा राससको योगदान अतुलनीय रहेको बताए।
नेपाल र पाकिस्तानबीच सांस्कृतिक सम्पदाको क्षेत्रमा पनि गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै उनले रासससँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राईले पाकिस्तानसँग समन्वय गरी संस्थागत सहकार्य स्थापना गर्न आफूहरू इच्छुक रहेको बताए। उनले एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) र राससबीच सहकार्यको आवश्यकतामा जोड दिए।
राससका प्रधान सम्पादक उत्तम सिलवालले नेपाल र पाकिस्तानबीचको सहकार्यमार्फत समाचार समितिको भूमिकालाई अझ सुदृढ बनाउन सकिने बताए।
राससका प्रमुख समाचारदाता एकराज पाठकले वर्तमान परिस्थितिमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा आगामी दिनमा पाकिस्तानी सञ्चारमाध्यम र राससबीच हुन सक्ने सहकार्यबारे जानकारी गराए।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते
क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

  • २.
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

  • ३.
    जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

  • ४.
    क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

  • ५.
    धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६.
    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

  • ७.
    रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

  • ८.
    पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति समवेदना व्यक्त

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.